वरिष्ठ संगीतकार श्री अम्बर गुरूङको निधनप्रति नेपाली साहित्य परिषद्द्वारा शोक व्यक्त

Unknown | Thursday, June 09, 2016 | 0 comments

गान्तोकः नेपाली जगतका सुप्रसिद्ध सङ्गीतकार तथा गीतकार अम्बर गुरूङको निधनमा नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले गहिरो शोक सम्वेदना प्रकट गरेको छ|

परिषद् भवनमा ८ जूनको दिन शोक सभा आयोजना गरेर स्वर्गीय अम्बर गुरूङले नेपाली सङ्गीत जगतलाई पुर्‍याएको योगदानबारे चर्चा गरेपछि उनको आत्मलाई चीर शान्तिको कामना गर्दै दुई मिनटको मौन धारण गरियो|

नेपाली सङ्गीतका पिता मानिएका अनि कयौं वरिष्ठ सङ्गीतकारहरूका गुरू रहेका अम्बर गुरूङको निधनले सङ्गीत जगतमा अपूरणीय क्षति भएको पनि परिषद्ले ठहर गरेको छ| उनले दिएको योगदानलाई सदैव स्वर्ण अक्षरमा लेखिने कुरा बताउँदै परिषद् अम्बर गुरूङको निधनको समाचारले स्तब्ध बनेको शोक सन्देसमा उल्लेख गरिएको छ|

परिषद्का अध्यक्ष रूद्र पौड्यालले सुप्रसिद्ध सङ्गीतकार अम्बर गुरूङ आफ्नो समयका एक सशक्त गायक, सङ्गीतकार र गीतकार भएको बताउँदै उनले गाएका गीतहरू अमर गीतमा गनिने बताएका छन्|

परिषद्द्वारा आयोदित शोक सभामा परिषद्का सम्पूर्ण कार्याकारी सदस्य, पूर्व अध्यक्षगण अनि साहित्यकारहरूको पनि उपस्थिति रहेको थियो|

Category:


0 comments

Check This too

loading...

Featured