नेपालमा आयोजित अन्तर्राष्ट्रिय करॉंते च्याम्पियनशीपमा सिक्किमका खेलाड़ीहरूले हत्याए चार पदक
गान्तोक: छिमेकी राष्ट्र नेपालको खोटाङमा गत २ देखि ४ जूनसम्म सम्पन्न प्रथम खोटाङ हलेशी अन्तर्राष्ट्रिय करॉंते च्याम्पियनशीपमा सिक्किमका खेलाड़ीहरूले एक स्वर्णसहित चार पदक हत्याएका छन्|
यस च्याम्पियनशीपमा सिक्किम राज्य करॉंते-डो एसोसिएशन (एसएसकेए)-का तीन सदस्यीय टोलीले सहभागिता जनाएका थिए, जसमध्ये निमु लेप्चाले कम्ते (६८ केजी) वर्गमा स्वर्ण अनि काटामा कॉंस्य पदक जितेकी छन् भने मन्दिरा कार्कीले कुम्ते (४५ केजी)-मा रजत पदक अनि बिमला तामाङले कुम्ते (६८ केजी प्लस)-मा कॉंस्य पदक जितेकी छन्|
यस अतिरिक्त यस च्याम्पियनशीपमा एसएसकेए-का अर्की सदस्य हेम कुमारी राईले रेफ्री तथा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्|
अन्तर्राष्ट्रिय स्तरको च्याम्पियनशीपमा खेलाड़ीहरूको यस सफलताको निम्ति एक कार्यक्रम आयोजित गरी एसएसकेए-ले सम्मान जनाउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ|

Category: sports
0 comments