सरकारी कर्मचारी संघको केन्द्रिय तदर्थ कार्यकारी समिति गठन
यसरी नै एम.के लामा उपाध्यक्ष, एस.बी गुरूङ महासचिव, श्रीमती सरला तामाङ कोषाध्यक्ष, श्रीमती मिङमा ल्हमू शेर्पा सहकोषाध्यक्ष, सुरेश राई समन्वय सचिव, बिजय राई प्रचार सचिव, उदय नारायण शर्मा कार्यालय सचिव र दोर्जी लेप्चालाई सूचना सचिवको रूपमा मनोनित गरिएको छ|
सभामा कार्यवाहक कमिटीका महासचिवले तदर्थ कार्यकारी समितिका महासचिवलाई संघका दस्तावेजहरू विधिवत् रूपमा हस्तान्तरण गरे| कार्यक्रमलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष एवं कार्यवाहक कमिटीका अध्यक्ष नरसिंह राईले तदर्थ कार्यकारी समितिका सदस्यहरूलाई बधाइ एवं शुभेच्छा व्यक्त गरे|
उनले यो एउटा राज्यव्यापी संस्था रहेको हुँदा जिम्मेवारीका साथ काम गर्नुपर्ने मनतव्य व्यक्त गरे| उनले तदर्थ कार्यकारी समितिका सदस्यहरूलाई संघ सञ्चालन गर्न आफ्नो तर्ङ्गबाट हर सम्भव सहयोग दिने बताए| यसरी नै नवमनोनित अध्यक्ष लेप्चाले कर्मचारीहरूको हितलाई ध्यानमा राखेर काम गर्ने मनतव्य व्यक्त गरे| यस संस्थामा हाल १३ हजारभन्दा अधिक सदस्य रहेको बताइएको छ|
0 comments