पुल नहुँदा झेल्न परिरहेको समस्यालाई लिएर भाजपा सिक्किम प्रदेश समक्ष गुनासो
गान्तोकः भारतीय जनता पार्टी सिक्किम प्रदेशको एक सभा आज निया मानजिङमा पार्टी प्रदेश महासचिव आरएल गुरूङको अगुवाईमा सम्पन्न भयो। सभामा पार्टी कार्यकर्ता तथा स्थानीय मानिसहरूको उपस्थिति थियो भने सभामा स्थानीय मुद्दाहरूमाथि चर्चा गरियो।
सभामा माखा खाम्दिङ अनि निया मानजिङका स्थानीय जनताले टिस्टा नदीमा पूर्व सिक्किमको माखा र दक्षिण सिक्किमको निया मानजिङलाई जोड्ने सस्पेन्शन ब्रीजको अभावका कारण झेल्न परिरहेको समस्याहरूलाई लिएर गुनासो पोखेको पार्टीले बताएको छ।
टिस्टा नदीमाथि बनाइएको जालावा सस्पेन्शन ब्रीज जीर्ण अवस्थामा रहेका कारण माखा र निया मानजिङका मानिसहरूलाई सुरक्षित यात्राको निम्ति लगभग 20-25 किलोमीटरको दूरी पार गर्नु परिरहेको गुनासो सभाको क्रममा पार्टीसमक्ष राखेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
Category: Politics
0 comments