राज्यको सर्वाङ्गिण विकासको निम्ति राम्रो सड़क धेरै महत्त्वपूर्णः मन्त्री जीएम गुरूङ
उद्घाटन कार्यशालालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सिक्किममा यातायातको एकमात्र माध्यम सड़क रहेको बताउँदै राज्यमा सही अनि चौढ़ादार सड़क मार्गको आवश्यकतामाथि बल दिए।
उनले सिक्किम एउटा भूपरिवेष्ठित राज्य रहेको जनाउँदै राज्यको आर्थिक साथै सर्वाङ्गिण विकासको निम्ति राम्रो सड़क हुन अति नै जरूरी रहेको बताए। सिक्किमले पर्यटनलाई अधिक महत्व दिएर काम गरिरहेको र सड़क राम्रो भए यसले पर्यटन उद्योगको विकासमा पनि सहयोग पुग्ने बताए। मन्त्री गुरूङले केन्द्र सरकारलाई हिमाली क्षेत्रहरूमा सड़क मार्गको विकास गर्दा यहाँको मौसम, अवस्था अनि समस्यालाई ध्यानमा राखिदिने अनुरोध पनि गरे।
यसरी नै डोनर मन्त्रालयलका निदेशक श्रीमती मर्सी इपाओले आफ्नो सम्बोधनको क्रममा कार्यशालाको आयोजनको महत्वमाथि प्रकाश पारिन्।
Category: Sikkim Government
0 comments