स्वास्थ्य मन्त्री घतानीद्वारा लिङ्गी अनि माखा स्वास्थ्य उपकेन्द्रको निरीक्षण

Unknown | Friday, June 03, 2016 | 0 comments

गान्तोक, 3 जूनः राज्यका स्वास्थ्य, परिवार कल्याण एवं मानव सेवा विभागीय मन्त्री श्री एके घतानीले आज लिङ्गी अनि माखा प्राथमिक स्वास्थ्य उपकेन्द्रको भ्रमण निरीक्षण गरे।

मन्त्री घतानीले स्वास्थ्य केन्द्रको निरीक्षण गरेपछि स्वास्थ्यकर्मीहरूसित बातचीत गर्दै केन्द्रमा रहेको औषधि, विद्युत, रोगी आदि सुविधाहरूको विषयमा जानकारी लिए।

यस अवसरले मन्त्री घतानीले राज्य सरकारको क्याच कार्यक्रमलाई सम्बन्धित प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गतका सबै ग्राम पञ्चायत यूनिटहरूमा सञ्चालन गर्ने निर्देशन पनि दिए। यसबीच उनले अस्पतालको कागजपत्रहरूको जाँच-निरीक्षण गरे।

यसरी नै लिङ्गी प्राथमिक स्वास्थ्य उपकेन्द्रको भ्रमणको क्रममा मन्त्री घतानीद्वारा स्वास्थ्य केन्द्र तथा स्वास्थ्य कर्मचारीहरूको क्वार्टर बढ़ोत्तरी, अस्पताल क्षेत्रको फेन्सिङ एवं आशाकर्मीहरूको नियुक्ति जस्ता विषयलाई प्राथमिकताका साथ लिएकोमा सामाजिक कार्यकर्ता श्री डीबी कटुवालले मन्त्रीको प्रशंसा गरेका छन्।

Category:


0 comments

Check This too

loading...

Featured