सिक्किम प्रदेश कांग्रेसको सभामा विभिन्न मुद्दाहरूमाथि चर्चा

Unknown | Monday, June 13, 2016 | 0 comments

पदम बहादुर छेत्रीलाई पार्टीको प्राथमिक सदस्य तथा पदबाट मुक्त गरियो

गान्तोकः सिक्किम प्रदेश कांग्रेस कमिटीले पार्टी अध्यक्ष भरत बस्नेतको सभापतित्वमा तादोङस्थित पार्टी मुख्यालयमा बसेको एक सभामा विभिन्न मुद्दाहरूमाथि चर्चा गरेको छ| सभामा आगामी २५ जूनको दिन रिनाकमा हाट- बजारे सभा गर्ने, पार्टीको भावी रणनीति, कार्यक्रम र पार्टीको दिग्दर्शन पुस्तिका प्रकाशित गर्ने तथा जन-जनमा जाने एवैं ग्राम प्रशासनिक कार्यलयमा जनगुनासोको आधारमा सम्बन्धित अधिकारीहरुसित भेट गर्ने आदि विषयका साथ-साथ पदम बहादुर छेत्रीले गत ०२ जुनको दिन मीडियामा दिएको बयानमाथि पनि चर्चा-परिचर्चा गरेको छ| 

सभामा प्रदेश कांग्रेसले उपरोक्त विषयहरूमा प्रस्ताव पारित गर्दै पदम बहादुर छेत्रीको बयानलाई मध्यनजर राखेर आजदेखि उनलाई पार्टीको प्राथमिक सदस्य साथै पदबाट मुक्त गरिएको जनाएको छ| प्रदेश कांग्रेसले जारी एक विज्ञप्तिमा भनेको छ,‘प्रजातन्त्रमा कुनै पनि व्यक्तिको राजनीति गर्ने स्वातन्त्रता छ| त्यसोसले गर्दा पार्टीमा प्रवेश गर्ने र राजीनामा दिने उनको (पदम बहादुर छेत्री) स्वतन्त्र विचार हुन्छ| यसलाई पार्टीले प्रजातान्त्रिक ढंगमा विश्वास राख्दै उनलाई आजदेखि कांग्रेस पार्टीबाट मुक्त गर्ने निर्णय गरेको छ|’ 

आजको सभालाई सम्बोधन गर्दै अध्यक्ष श्री बस्नेतले भनेका छन्, हामी राजनीति गर्न मैदानमा आएका हौ, पैसा कमाउन आएका होईनौ| त्यसर्थ हामीले विपक्षी दलमा रहेकाले प्रजातन्त्रको धर्म निभाउन इमान्दरपूर्वक काम गरौं| उनले अझ भने, हामी कुनै चानचुने पार्टीको सदस्य नभएर राष्ट्रिय पार्टीको कर्मठ कार्यकर्ता हौ अनि पार्टीमा रहुञ्जेल इमान्दार बनेर काम गरौं| आजको सभामा पार्टीका उपाध्यक्षगण, महासचिवगण लगायत जिल्ला अध्यक्षगण र विभिन्न भातृ संगठनक प्रतिनिधिगणको उपस्थिति रहेको महासचिव (प्रशासन) तारा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ|

Category:


0 comments

Check This too

loading...

Featured