विभागद्वारा सिक्किम राज्यका २१ विभिन्न प्रजातिका रूखहरूलाई धरोहर रूखको दर्जा प्रदान

विभागले रंगेली, देन्ताम, सोरेङ, राबोङ, नाम्ची-तिमी, राभाङला, मंगन र जङ्गु रेञ्ज/ब्लकमा पर्ने उक्त २१ वटा विभिन्न प्रजातिका रूखलाई धरोहर रूख भनी घोषणा गरेको छ| यसमा टूनी, पानीसास, बान्टे, बजराठ, औले कटुस, थेङग्रे सल्ला, मुस्रे कटुस, बुक, कटुस, ङ्गालट, रानी चम्पा, जंगली बर र खोल्मे रूखको नाम सामेल छन्| राज्यमा अझै यस्ता धरोहर रूखहरूको खोजी गर्ने कार्य भइरहेको उनले बताए| यद्यपि, धरोहर रूख घोषणाको निम्ति विभागले कतिपय मापदण्ड भने निर्धारित गरेको छ| यसरी नै विभागीय प्रधान सचिवले आगामी १४ जूनको दिन पर्यावरण महोत्सव शुरू भइरहेको र यो महोत्सव ३० जूनको दिन समाप्त हुने जानकारी दिए| यो पर्यावरण महोत्सव मुख्यमन्त्री पवन चामलिङले शुरू गरेको र यसको उद्देश्य पर्यावरणबारे मानिसहरूमा जागरूकता ङ्गैलाउनु रहेको उनले बताए|
उनले यसपाली विशेष रूपमा सड़क मार्ग छेउछाउ र जंगलभित्र खाली ठाउँहरूमा विरूवा लगाउने कार्य गरिने बताए| वन विभागले अन्य विभागहरूलाई पनि आफ्नो श्रमशक्ति लगाएर यस अभियानलाई सङ्गल बनाउन आह्वान गरेको उनले जानकारी दिए| उनले गत वर्षको तुलानामा यसपाली अधिक संख्यामा विरूवा वितरण केन्द्रहरू स्थापना गरिने बताए| गत वर्ष पॉंच लाखभन्दा कम विरूवा लगाइएको र यसपाली दुई गुणा अधिक विरूवा लगाउने लक्ष्य लिइएको बताए| पर्यावरण महोत्सवको महोत्सवको उद्घाटन टाइटेनिक पार्क, एमजी मार्गबाट १५ जूनको दिन गरिने उनले बताए| उनले राज्यमा रहेका स्मृति वनहरू पुनः देखभाल शुरू गर्ने जानकारी पनि दिए|
Category: Featured
0 comments