सिच्छेमा स्कूलका नानीहरूको निम्ति निःशुल्क स्वास्थ्य जॉंच शिविर सम्पन्न
शिविरमा एसटीएनएम अस्पतालको स्कूल हेल्थ क्लिनिक प्रकोष्ठका चिकित्सा प्रभारी डा. कुल्जाङ लामा, डा. कौशिला ढकाल, डा. सुरज भण्डारी साथै रेनुका सुब्बा (नर्स), सोनाम लेप्चा (नर्स) अनि सुरज भण्डारी उपस्थित थिए| यसरी चिकित्सा टोलीले नानीहरूको विस्तृत स्वास्थ्य जॉंच गरेका थिए|
केन्द्र प्रायोजित नेशनल हेल्थ मिशन योजना (एनएचएम) अन्तर्गत राज्यका विभिन्न स्थानहरूमा यस किसिमको निःशुल्क स्वास्थ्य जॉंच शिविर आयोजन गरिने गरेको डा. कुल्जाङ लामाले बताए| विशेष गरेर राज्यका मोनास्टिक स्कूल, प्राथमिक स्कूल, आइसीडीएस केन्द्रहरूमा एसटीएनएम अस्पतालको स्कूल हेल्थ क्लिनिक प्रकोष्ठले यसरी नियमित रूपमा स्वास्थ्य जॉंच शिविरहरू सञ्चालन गर्ने गरेको डा. काल्जङले अझ बताए|
स्वास्थ्य जॉंचको क्रममा नानीहरू शारीरिक स्वास्थ्य अन्तर्गत भीटामिन, छाला, शारीरिक विकास आदिको जॉंच गरिन्छ|
यस अवसरमा विद्यार्थीहरूलाई हेल्त कार्ड पनि वितरण गरिएको थियो, जसमा आज जॉंच गरिएका विवरणहरू उपलब्ध गरिएको छ भने भविष्यका दिनहरूमा पनि उक्त कार्ड काम लाग्ने अनि वर्षेनी यसरी निःशुल्क स्वास्थ्य जॉंचको अवधिमा उक्त कार्ड देखाउनपर्ने पनि बताइएको छ|
विशेष गरेर नानीहरू प्रायः नै अस्वस्थ्य रहने गरेकोले स्कूल पक्षले एसटीएनएमको स्कूल हेल्थ क्लिनिकलाई नानीहरूको स्वास्थ्य जॉंच गरिदिन आग्रह गरिएको अनि अस्पताल पक्षले पनि उक्त आग्रहलाई स्वीकार्दै यसरी स्कूलमा स्वास्थ्य जॉंच शिविर प्रायोजन गरीदिएको एनिस हाउस स्कूलका प्रधान अध्यापिका करूणा लामाले बताइन्| उनले यसरी स्कूलमा निःशुल्क स्वास्थ्य जॉंच शिविर सञ्चालन गरीदिएकोमा सम्पूर्ण विभाग तथा प्रायोजक पक्ष अनि समस्त चिकित्सा टोलीप्रति आभार पनि प्रकट गरिन्|
Category: Health Related News
0 comments