मन्त्री तुलसीदेवी राईको बाहुलीबाट भिन्न रूपले सक्षम छात्रा सम्मानित
सामाजिक कल्याण विभागबाट छात्रवृत्ति प्रदान गरिने मन्त्रीको घोषणा
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित राज्यकी सामाजिक न्याय, सशक्तिकरण तथा कल्याण विभागीय मन्त्री तुलसीदेवी राईको बाहुलीबाट उक्त फर्निचर हस्तानान्तर तथा सम्मान जनाइने कार्य सम्पन्न गरियो भने मन्त्री राईले उक्त प्रतिभाशाली छात्रालाई सामाजिक कल्याण विभागबाट छात्रवृत्ति प्रदान गरिने घोषणा पनि गरिन्|
कार्यक्रमपछि मन्त्री राईले लिङ्मो उच्चतर माध्यमिक विद्यालयको भ्रमण पनि गरिन् र विद्यालयलाई विभागको तर्ङ्गबाट हुनसक्ने सबै प्रकारको सहयोग पुर्याउने वचन दिइन्| उनले लिङ्मो विद्यालयमा ओबीसी छात्रावास बनाउने बारेमा पनि विचार गर्ने आश्वासन दिइन्| कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्ष सीएल गुरुङ, उद्योग तथा वाणिज्य विभागकी सल्लाहकार कुमारी मंगर थापा, विभागीय अधिकारीगण एवं पञ्चायत सदस्यगणको उपस्थिति रहेको थियो|
Category: Sikkim Government
0 comments