अन्तर्राष्ट्रिय कविता महोत्सवमा भारतको प्रतिनिधित्व गर्दै कवि राजेन्द्र भण्डारी बर्लिन प्रस्थान
गान्तोकः जर्मनको राजधानी बर्लिनमा आयोजन हुने १७ औं अन्तर्राष्ट्रिय कविता महोत्सवमा भारतको प्रतिनिधित्व गर्दै कवि राजेन्द्र भण्डारी बर्लिन प्रस्थान गरे| महोत्सवका निदेशक डाय टमस वालङ्गाटबाट निमन्त्रणा पाएर उक्त महोत्सवमा सहभागी हुन उनी बर्लिन लागेका हुन्| बर्लिन पोएट्री ङ्गोस्टिबल कविता विधामा मात्र केन्द्रित अन्तर्राष्ट्रिय काव्य महोत्सव हो|दक्षिण भारतकी कन्नड कवि ममता सागर र सिक्किमका राजेन्द्र भण्डारीले भारतको प्रतिनिधिस्वरूप भाग लिने मौका पाएका छन्| यो महोत्सव जर्मनीको उच्च साहित्यिक संस्था लिटरेचरखर्कास्ट्याटको तत्वाधानमा हुन गइरेहको छ्| यो महत्सवको उद्देशय कविताली कलाको एउटा स्वयत्ता अनुभवका रूपमा सम्प्रेषित गर्नु, कविता र अन्य कलाविधामाझको अन्तर्सम्बन्ध केलाउनु अनि धेरैभन्दा धेरै बान्की र गुणवत्तामा कवितालाई ग्रहण गर्नु रहेको किव कवि राजेन्द्र भण्डारीलाई पठाइएको निम्तो पत्रमा जनाइएको छ|
जून ६ देखि जून १६ २०१६ सम्म विभिन्न ठाउँका विभिन्न प्रेक्ष्यागडहमा अनेकौ प्रकारको कार्यक्रम राखिएको निम्तोमा उल्लेख छ्| जसमा प्रमुख दृश्य-कविताको प्रदर्शनी, विश्वका अनि वेशेषतः एसियाली भाषाका कविताहरूको वाचिक मिठास र तिनको जर्मन अनुवाद सुन्नु तथा कविताबारे चर्चा-परिचर्चा गर्नु, विश्वका विशिष्ठ कविहरूको वक्तव्य प्रस्तुत गर्नु आदि रहेको बताइएको छ्| यस कविता कुम्भमा आउने महारथीहरी मध्ये नाइजेरियाकी नियी ओसन्डेर, नर्बेकी क्योरलिन वर्गवल, म्याक्सिकोका लुइजी ङ्गिलिप, रोमानियाकी आना ब्लाण्डियाना अदि प्रमुख हुन्| जम्मा एक सयवटा भाषाका साहित्यकारहरूको यो महोत्सवमा सहभागिता रहने बताइएको छ|
पहिलो दिन राजेन्द्र भण्डारीले चारवटा कविता नेपालीमा वाचन गर्नेछन् अनि त्यसोक जर्मन अनुवाद क्रिस्चियान र जुडिथले सुनाउने छन्| दोस्रो दिन उनले दसवटा कविता एउटा अलग वेबसाइट, लिरिकलाइनको निम्ति रोकर्ड गराउने छन् अनि अन्तिम दिन वर्तमान विश्व-परिश्तित र कविता सम्बन्धमा केही प्रश्नहरूको जवाब दिनेछन्| यसबारेमा कवि भण्डारीलाई आफ्नो सहभागिताबारे प्रश्न गर्दा उनले भने, १७औं अन्तरार्ष्ट्रिय बर्लिन काव्य महोत्सवमा एजना नेपाली कविले सहभागी बन्न पाउनु आङ्गैमा एउटा सुखद समाचार हो भन्ने सकिन्छ्| उनी गान्तोकबाट दिल्ली हुँदै बर्लिनको निम्ति प्रस्थान गरिसकेका छन्|
Category: Art-literature

0 comments