मन्त्री लेप्चाको मुख्य आतिथ्यमा सिङगिकमा रोजगार तथा सेवा स्थिति ऐनमाथि जारूकता कार्यक्रम आयोजित

Unknown | Monday, June 06, 2016 | 0 comments

मगनः श्रम विभाग अनि भवन तथा अन्य निर्माण कार्यकर्ता कल्याण बोर्डको संयुक्त तत्वावधानमा सिङगिक पञ्चायत भवनमा आज रोजगार तथा सेवाको स्थिति ऐनमाथि श्रमिकहरूलाई जागरूक गराउने उद्देश्यका साथ एक सचेतनामूलक कार्यक्रमको आयोजना गरियो।  यस अवसरमा भवन तथा अन्य निर्माण कार्यकर्ता कल्याण बोर्डअन्तर्गत पञ्जिकृत श्रमिक लाभार्थीहरूलाई मुख्य अतिथिको बाहुलीबाट कल्याणकारी सामग्री पनि प्रदान गरियो।

कार्यक्रममा क्षेत्र विधायक तथा वन, पर्यावरण एवं वन्यप्राणी प्रबन्धन मन्त्री छिरिङ वाङ्दी लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए। यस अतिरिक्त स्वास्थ्य विभागका संसदीय सचिव एवं विधायक उगेन निडुप भोटिया विशिष्ट अतिथिका रूपमा उपस्थित थिए भने जिल्ला उपाध्यक्ष, उत्तरका जिल्लापाल, पञ्चायत सभापति, टिस्टा उर्जाका प्रतिनिधि, महकुमा पुलिस अधिकारी (एसडीपीओ), एवं श्रमिकहरूको उपस्थिति थियो।

मन्त्री छिरिङ वाङ्दी लेप्चाले आफ्नो सम्बोधनमा राष्ट्र निर्माणको निम्ति श्रमिकहरूको योगदान महत्वपूर्ण रहने बताए। हामीले ऐनमाथि जानकारी लिनका साथै कार्यमा पनि ध्यान दिन जरुरी छ, मन्त्रीले भने। स्वास्थ्य भन्ने कुरा मानिसको निम्ति महत्वपूर्ण विषय रहेको कारण श्रमिकहरूको स्वास्थ्य जाँच हुँदैछ या छैन त्यस विषयको ख्याल गर्नुपर्ने विषयमाथि पनि मन्त्री लेप्चाले जोड दिए।

श्रमिकहरूको भलाइको निम्ति यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउँदै संसदीय सचिव उगेन निडुप भोटियाले यसको फायदा लिन श्रमिकहरूसित आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उत्तरका जिल्लापाल कर्मा आर बन्पोले भने, रोजगार तथा सेवाको स्थिति ऐनबारे पूर्ण जानकारी लिएर उपस्थित श्रमिकहरूले अरूलाई पनि यसको उद्देश्य र लाभबारे अवगत गराउनुपर्छ। यस ऐनअन्तर्गत कुनै पनि दुर्घटना हुँदा अथवा श्रमिकहरूको कल्याणको निम्ति धेरै फायदाहरू उपलब्ध हुने बताउँदै जिल्लापालले श्रमिकहरूसित बीमा गर्न अनिवार्य रहने बताए। उनले श्रमिक कल्याण बोर्डमा पञ्जिकरण गरिएको खण्डमा श्रमिकहरूले धेरै सुविधाहरू पाउने पनि जानकारी गराए।

कार्यक्रममा आफ्नो कुरा राख्दै श्रम विभाग मुख्यालयका संयुक्त आयुक्त डीएस कन्वरले ऐन  अन्तर्गत पर्ने विभिन्न योजनाहरूबारे जानकारी गराए। श्रमिक ऐन सिक्किममा 6 सितम्बर 2010-मा शुरू गरिएको जानकारी गराउँदै यस ऐन अन्तर्गत कुनै पनि नीजि अथवा सरकारी कम्पनीले राज्य भित्र कुनै कुराको निर्माण कार्य गरेको खण्डमा श्रमिक बोर्डलाई एक प्रतिशत उपकर दिनुपर्ने कुराको संयुक्त आयुक्त कन्वरले जानकारी गराए।

यस ऐनअन्तर्गत 22-वटा योजनाहरू रहेको बताउँदै जस अन्तर्गत श्रमिकहरूके विवाह गर्दा, उनीहरूको नानीहरूको अध्ययनमा, दुर्घटना आदि अन्य विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराइने पनि उनले जानकारी गराए। यद्यपि यसका लागि श्रमिकहरूले बोर्डमा पञ्जिकरण गर्न जरुरी छ, उनले भने। उनले भने, पहिला श्रमिक ऐन सिक्किममा लागु हुँदै केवल 250 जना श्रमिकहरूले पञ्जिकरण भएको थियो। तर अहिले भने बोर्डमा 23 हजार भन्दा अधिक श्रमिकहरू पञ्जिकृत छन्। (आईपीएल-उत्तर)

Category:


0 comments

Check This too

loading...

Featured