विधायक विक्रम प्रधानको बाहुलीबाट फुटबल शिविरमा सहभागीहरूलाई प्रमाण पत्र वितरण

सो अवसरमा फुटबल स्कूल अफ इण्डियाकी सीइओ वैशाली सासनसहित फुटबल खेलाड़ी तथा भारतीय फुटबल संघका कोषाध्यक्ष दिपक मण्डल (अर्जुन पुरस्कारले सम्मानित), भारतीय फुटबल टीमका पूर्व नाइके तथा भारतीय फुटबल संघका उपाध्यक्ष अभिषेक यादवको विशेष उपस्थिति रहेको थियो|
कार्यक्रममा सीएसए का अध्यक्ष प्रभात राई, प्रशिक्षक सीबी थुलुङसहित अन्य कार्यकारिणी, पञ्चायत, एसडीएफ पार्टीका क्षेत्रीय कार्यकर्ता, अभिभावक अनि सीएसए का प्रशिक्षणार्थीहरुले सहभागिता जनाएका थिए|
महाराष्ट्रबाट रंगेली आएकी सीइओ वैशाली सासनले फुटबल स्कूल अफ इण्डियामा सीएसएका १७ वर्षमुनिकाप्रतिभावान खेलाड़ीहरुलाई आगामी १७ फुटबल विश्व कपको प्रतियोगितामा सुअवसर प्रदान गरिने आश्वासन दिएकी थिए|
Category: sports
0 comments