रे-मिन्दुमा यूपीओएस अनि नाबार्डको तत्वावधानमा वित्तीय समावेशनमाथि तीन दिवसीय सचेतनामूलक कार्यक्रम
गान्तोकः पूर्व सिक्किमको रे-मिन्दुस्थित मण्डल लीको सभा कक्षमा ब्याङ्कर्स इन्स्टिट्यूट अफ रूरल डेभलोपमेन्ट लखनऊद्वारा युनाइटेड प्रोगेसिव अर्गनाइजेशन अफ सिक्किम (यूपीओएस) अनि नेशनल ब्याङ्क फर एग्रीकल्चर एण्ड रूरल डेफलोपमेन्ट (नाबार्ड) गान्तोक शाखाको संयुक्त तत्वावधानमा वित्तीय समावेशनमाथि तीन दिवसीय कार्यक्रम शुरू भयो।
सोमवार उद्घाटन सत्रमा नाबार्ड गान्तोक क्षेत्रीय कार्यालयका महाप्रबन्धक निदेशक टी.के गणेश कुमार मुख्य अतिथिका रूपमा उपस्थित थिए। उनको बाहुलीबाट तीन दिवसीय वित्तीय समावेशन कार्यक्रमको विधिवत उद्घाटन गरियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्य अतिथि कुमारले शहरी अनि ग्रामीण क्षेत्रमा वित्तीय समावेशनको स्थितिमाथि प्रकाश पारे। उनले वित्तीय समावेशनमा देखा परेका चुनौतीहरूबारे पनि बताए।
उनले बचत, ऋण, माइक्रो इन्सुरेन्स, इन्टरनेट बेङ्किङ, माइक्रो एटीएम, मोबाइल बेङ्किङ, केवाइसी आदिमाथि प्रकाश पारे। यसरी नै नाबार्डले वित्तीय समावेशनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै एक परिवारमा एकजनाको बचत खाता आवश्यक हुनपर्ने कुरामा जोर दिए। उनले प्रधानमन्त्री जनधन योजनामाथि पनि प्रकाश पारे।
नाबार्डले हितधारकहरूलाई विभिन्न क्षेत्रमा प्रशिक्षण दिएर क्षमतावान बनाउने कार्य पनि गर्दै आएको बताए। माग अनि आवश्यक्ताको आधारमा नाबार्डले हितधारकहरूको लागि विभिन्न कार्यक्रम ल्याएको बताए। देशमा थुप्रै वित्तीय संस्थानहरू रहेको तर सबै संस्थानहरूलाई उपभोक्ताहरूले सही उपयोग गर्न अझ पनि अनभिज्ञ रहेको बताए। उनले भीसा कार्ड अनि एटीएम कार्डको प्रयोगबारे पनि जानकारी दिए। नाबार्डले हितधारकहरूको लागि थुप्रै लाभकारी योजनाहरू ल्याएको अवगत गराए। ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा वित्तीय समावेशन सन्तोषजनक रहेको बताउँदै वित्तीय समावेशनमा समाजका हर बर्गलाई जोड़न चाहेको बताए।
यसअघि, यूपीओएस सिक्किमका अध्यक्ष निमा लेप्चाद्वारा अतिथिहरूलाई स्वागत जनाइएको थियो। उनले अतिथिहरूलाई स्वागत जनाउँदै सिक्किममा नाबार्ड अन्तर्गत भइरहेका कार्यहरूबारे जानकारी दिए।
यस अवसरमा अन्तरक्रियात्मक कार्यक्रम पनि सम्पन्न भयो, जसमा सहभागीहरूले वित्तीय समावेशनमा आ-आफ्ना विचारहरू राखेका थिए। प्रथम दिनको सचेतनामूलक कार्यक्रमलाई बीआईआरडी लखनऊका शिक्षक डा. श्याम गार्ज अनि बीके बसुले पनि सम्बोधन गरेका थिए। डा. गार्जले प्रत्येक परिवारमा महिलाहरूको बचत खाता हुनपर्ने आवश्यक्तामाथि पनि जोर दिए। व्यापार संवादमा गैर-सरकारी संघ संस्थाहरूलाई सामेल गर्दै भन्ने शीर्षकमाथि आयोजित यो कार्यक्रम आगामी 8 जूनको दिन समापन हुनेछ। यो तीन दिनको अवधिमा नाबार्डका अधिकारीहरूले वित्तीय समावेशनमाथि आवश्यक जानकारी दिनेछन्।
यस अवसरमा सिक्किम, पश्चिम बंगाल, झारखण्ड, लखनऊ, कुछबिहार आदि राज्यहरूबाट पनि प्रतिनिधि सदस्यहरूको सहभागिता रहेको छ। यस अवसरमा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

Category: Social
0 comments