सिक्किमका सरकारी कलेजहरूमा अनलाइन एडमिशन आरम्भ
केन्द्रिय मानव संसाधन विकास मन्त्री स्मृति ईरानीद्वारा वेबसाइट जारी
गान्तोकः यस वर्षदेखि सिक्किमका सरकारी कलेजहरूमा अनलाइन एडमिशन प्रक्रिया आरम्भ हुने भएको छ| आज नयॉं दिल्लाबाट केन्द्रिय मानव संसाधन विकास मन्त्री स्मृति ईरानीले भिडियो कन्फरेन्समार्फत सिक्किमसहित आठ राज्यको निम्ति राष्ट्रिय उच्चतर् शिक्षा अभियान (आरयूएसए) अन्तर्गत अनलाइन वेबसाइट औपराचित रूपमा आरम्भ गरिन्|
यस उद्घाटन कार्यक्रमको अवसरमा यहॉं राज्य सरकारको तर्फबाट ऊर्जा तथा विद्युत, श्रम विभागीय मन्त्री डीडी भोटिया, मानव संसाधन विकास विभागीय मन्त्री आरबी सुब्बा, पुल तता सड़क मन्त्री जीएम गुरूङ, संसदीय सचिव (एचआरडीडी) श्याम प्रधान, प्रधान सचिव (एचआरडीडी) एवं आरयूएसए सिक्किमका एसपीडी जीपी उपाध्यय, निदेशक उच्च शिक्षा (एचआरडीडी) जितेन्द्र सिंह राजा, मानव संसाधन विकास विभागका उच्चाधिकारीवर्ग, सिक्किम सरकारी महाविद्यालयका प्रधानाचार्य तथा प्राध्यापकगण अनि वेस्ट पोइण्ट उच्चतर् माध्यमिक विद्यालयका विद्यार्थीहरू उपस्थित थिए|
सिक्किम राज्यलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय मन्त्री स्मृति ईरानीले राज्यको सरकारी महाविद्यालयहरूमा पारदर्शी अनि योग्यतामा आधारित अनलाइन भर्ना प्रणाली प्रारम्भको निम्ति बधाई दिइन्| उनले ६ हजारभन्दा अधिक विद्यार्थीहरूलाई लाभ पुग्ने यस कार्यलाई एक अद्वितीय पहल बताइन्| सिक्किमले ‘बढ़े भारत-पढ़े भारत’ अनि ‘रूसा’ (आरयूएसए) अभियानमा गरेको प्रगतिको निम्ति प्रशंसा गर्दै केन्द्रिय मन्त्री ईरानीले आफू लगायत आफ्नो मन्त्रालयको दलसहित चॉंड़ै सिक्किमको भ्रमण गर्ने जानकारी दिइन्|
यस अवसरमा सांसद पीडी राई पनि उपस्थित थिए|

Category: Education
0 comments