इन्द्रेणी श्रमिक समाजका अध्यक्ष जीएल भोटियाद्वारा कृतज्ञता व्यक्त

Unknown | Wednesday, June 08, 2016 | 0 comments

रिनाक, ८ जून: सिक्किम बिल्डिङ तथा अन्य निर्माण कामदार कल्याण बोर्ड (बीओसीडब्ल्यू)  सिक्किम सरकारको तत्परतामा गत ३ जूनको दिन पूर्व जिल्लाको रंगेली मेलाटारस्थित सामुदायिक भवनमा श्रमिकहरूको निम्ति एक जागरूकता कार्यक्रमसहित पञ्जीकृत श्रमिक लाभार्थीहरूलाई विभिन्न सामग्रीहरू वितरण कार्यक्रम आयोजना गरेकोमा इन्द्रेणी श्रमिक समाजका अध्यक्ष तथा प्रथम दर्जा सरकारी ठेकदार जीएल भोटियाले कृतज्ञता व्यक्त गरेका छन्|

विशेष पश्‍चिम बंगाल क्षेत्रको फापरखेती, लाभा दलेपदेखि सिक्किमको कुपूक नाथाङसम्मका श्रमिकलाई एक साथ मिलाएर यस्तो लाभदायक सचेतना कार्यक्रम सहित प्रत्येकलाई अन्याय नगरि शुद्ध तरिकाले कम्बल वितरण गरिदिएकोमा छुजाचेन क्षेत्रका विधायक एवंम सिक्किम सरकारका मुख्य सचेतक विक्रम प्रधानप्रति इन्द्रेणी समाज आभार प्रकट राख्दै धन्यवाद टक्याएका छन्|

सीमा सड़क संगठन (बीआरओ) मा कार्यरत श्रमिकहरुको हितमा गठीत इन्द्रेणी समाजका अध्यक्ष भोटियाले एक विज्ञप्तिमार्फत सिक्किम बिल्डिङ तथा अन्य निर्माण कामदार कल्याण बोर्डका  संयुक्त श्रम आयुक्त डीएस कुनवरले श्रमिकको निम्ति सरकारद्वारा कार्यन्वयन गरिएको विभिन्न योजना, सुविधाबारे स्पष्ट रुपमा छर्लङ्ग हुनेगरि जानकारी गराइदिएकोमा धन्यवाद दिएका छन्| साथै बोर्डका निरिक्षकद्वय, बिओसीडब्ल्यू का बोर्ड सदस्य हरिप्रसाद छेत्रीप्रति पनि समाज कृतज्ञ बनेको बताइएको छ भने सिक्किमलगायत सिलगढ़ीबाट प्रकाशन हुने सबै संञ्चार माध्यमले सो समाचारलाई असल ढंगले समावेश गरिदिएकोमा भोटियाद्वारा सम्पूर्ण मिडीया हावसप्रति कृतज्ञता व्यक्त गरिएको छ|

Category:


0 comments

Check This too

loading...

Featured