विभिन्न अधिकारीहरूका साथ मन्त्री पौड्यालले गरे छुजाचेनका विभिन्न क्षेत्रको भ्रमण
विशेष त्यस दिन दक्षिण रिगु छुबामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौड्यालले जैविक खेती महत्वमाथि प्रकाश पार्दै साथै रिगुसहित वरपरका क्षेत्र सिस्ने-सुबानेलाई भार्लाङ अलैंची खेती नमूना गाउँको रुपमा घोषित गरियो| सोही क्रममा विधायक विक्रम प्रधानले रिगुमा विकल्प खेतीको रुपमा किवी रोपणको माग राखे जसमा मन्त्रीद्वारा सकारात्मक रुपमा पहल गरिने वचन प्रदान गरियो|
सोही प्रकारले दोस्रो दिन दलपचन्दका प्रगतिशील कृषकहरुसंग वातार्लापपछि रंगेली सामुदायिक भवनमा आयोजित कृषि वागवाणी तथा अन्य सम्बन्धित क्षेत्रका निम्ति राखिएको एक सचेतना तथा अन्तरक्रियात्मक कार्यक्रम सहभागि बन्दै सिक्किम पूर्णतय भारतको प्रथम जैविक राज्य बनिसकेको तथापि यसको व्यापार व्यवस्थामा अझ काम गर्नुपर्ने बताउँदै मन्त्री पौड्यालले भारत सरकार तथा सिक्किम सरकारको पहलमा जैविक सम्बन्धि मिशन भ्यालु चेञ्ज डेभलपमेन्ट कार्यक्रमलाई राज्यमा केन्द्रित गरिएको छ| यसको दस्तावेज तयारी गर्नमा पनि हामी प्रथम नै बनेका छौं|
उनले जैविक उत्पादको निम्ति संग्रह केन्द्रको माग सरकारमा राख्ने जिक्र गर्दै सिक्किममा समूह रुपमा फापर, हर्दी, अदुवा, अलैंचीको खेतीलाई यस योजनाद्वारा बढ़ाएर लाने र यसका निम्ति नीति आयोगबाट उत्तर पूर्व राज्यको कोष आइसकेको समेत अवगत गराउँदै अब ३ वर्षभित्रमा जैविक उत्पादनको उचित मूल्य उत्पादकसम्म पुर्याउने दावी पनि गरे| विशिष्ठ अतिथिको रुपमा सिक्किम सरकारका मुख्य सचेतक तथा क्षेत्र विधायक विक्रम प्रधानले पनि सम्बोधन गरे|
सीएलसी अध्यक्ष वाङ्दी भोटियाद्वारा सञ्चालित सभामा आरीटार ग्राम पञ्चायत सभापति धिरेन गुरुङले स्वागत सम्बोधन गरेभने विभिन्न विषयमाथि अन्तरक्रियामा पूर्व पञ्चायत एलबी गुरुङ, डीके चामलिङ, राजु जैरु, इन्द्र बहादुर राई, पुरण गुरुङ, सुदुङलाखा पञ्चायत सभापति सुनिता शर्मा र तारेथाङ पञ्चायत सभापति नरेश छेत्रीले सुझाव, जिज्ञासा, प्रतिक्रिया अनि मागहरु राखे|
कृषि विभागका संयुक्त निर्देशक शेराप छिरिङ भोटिया, सिस्को बैंकका प्रबन्धक रिञ्चेन दोर्जीले याङयाङका प्रगतिशील कृषक प्रदीप भण्डारीसहित तुरुक निवासी तुलसीदास राई, स्थानीय कृषक टीएम राईले सम्बोधन गरे|
Category: Sikkim Government

0 comments