गोजमुमो अध्यक्ष विमल गुरूङद्वारा वरिष्ठ संगीतकार अम्बर गुरूङको निधनप्रति दुःख व्यक्त
दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्री विमल गुरूङले नेपाली संगीताकासका ध्रुवतारा श्री अम्बर गुरूङको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन्| उनले श्री गुरूङको निधनको दुःखद खबर सुनेरआपू मर्माहत बनेको बताएका छन्| श्री अम्बर गुरूङको भारतीय समयअनुसार आज बिहान २:२२ मा निधन भयो| उनी लामो समयदेखि बिरामी थिए|
गोजमुमो अध्यक्ष श्री विमल गुरूङले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,‘महान संगीतकार श्नी अम्पाबर गुरूङ नेपाली संसारबाट अस्ताउनु भनेको समग्र नेपाली संगीत जगतलाई सूर्यग्रहण लाग्नुजत्तिकै हो| नौलाख तारा, सम्हालेर राखलगायत सैयौं चर्चित अनि कालजयी गीतहरूमा धून भर्ने उनी महान संगीतकार मात्रै थिएनन् तर एक सफल गायक, गीतकार, चित्रकार अनि साहित्यकार पनि थिए| उनको बहुआयामिक प्रतिभाले नै महान कलाकारहरूको पंक्तिमा उभ्याएको छ, जसको श्रद्धामा समग्र नेपालीहरूको शीर श्रद्धामा झुक्ने गर्छन्|’
अध्यक्ष गुरूङले उहॉंकोे महान आत्माको शान्तिको कामनासितै शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गरेका छन्| अध्यक्ष गुरूङले भौतिक शरीर नष्ट भए तापनि नेपाली समाजमा छरिराखेका उनका कीर्तित्व सदैव अमर रहने बताउँदै दिवङ्गत महान संगीतकार श्री अम्बर गुरूङको पुण्यात्माको स्वर्गप्राप्तिको कामना व्यक्त गरेका छन्|

Category: Art-literature
0 comments