विधायक बराइलीद्वारा रम्फू निम्न माध्यमिक पाठशालाको नवनिर्मित हलहरूको उद्धाटन

Unknown | Friday, June 03, 2016 | 0 comments

रम्फूः पूर्व सिक्किमको रम्फूस्थित निम्न माध्यमिक पाठशालाको नवनिर्मित किंड्र्स गार्डन कक्षा, मल्टिमिडिया हल, योग तथा नृत्य एवं संगीत प्रशिक्षण हलको मध्य पाण्डन निर्वाचन क्षेत्र विधायक श्री गोपाल बराइलीको बाहुलीबाट गरियो|

यस उद्धाटन समारोहको अवसरमा  रम्फू रगर पञ्चायत उपसभापति लाल कुमार राई, ग्राम विकास अधिकारी पीसी खरेल, पार्षद्द्वय सुश्री अञ्जना ल्हामु तामाङ-पिङ्कु प्रसाद, रम्फू पुलिस थाना प्रबारी विकास तिवारी, मानव संसाधन विकास विभागका उपनिदेशक केटी वाङ्चुक, माइनिङ उच्चतर् माध्यमिक विद्यालयका प्रधानाचार्य, सिक्किम बिहारी जागरण  मञ्चका सभापति स्वामिनाथ प्रसाद आदिको उपस्थिति रहेको थियो|

यस अवसरमा पाठशालालाई सहयोग पुर्‍याउने समाजसेवी तथा औद्योगिक इकाईहरूलाई प्रशस्ती पत्र प्रदान गरेर सम्मान जनाइयो|

आफ्नो सम्बोधनको क्रममा क्षेत्र विधायक श्री बराईलीले गुणात्मक शिक्षामाथि आफ्नो विचार राखे भने यसका साथै उनले शिक्षाले नै जीवनलाई पूर्ण पार्ने मन्तव्य राखे| कार्यक्रमलाई अन्य अतिथिहरूले पनि सम्बोधन गरेका थिए|

Category:


0 comments

Check This too

loading...

Featured