रिनाकका करॉंते खेलाडीहरूले हत्याए ४ स्वर्ण सहित सात पदक
सर्वश्रेष्ट टीमको उपाधिमाथि पनि कब्जा
गान्तोकः कोलकाताको डिगामा हालै सम्पन्न एसकेजेएफआई राष्ट्रिय काता च्याम्पियनसिपमा रिनकस्थित सक्किम युनाइटेड करॉंते डो एसोसिएशनका खेलाड़ीहरूले ४ स्वर्ण सहित सात पदक हत्याउनका छन्| यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यो टोली सर्वश्रेष्ट टीम पनि घोषित भयो|
प्रशिक्षक कुलहरी राईको अगुवाईमा गएको सातजनाको टोली प्रतियोगितामा सहभागिता जनाउन कोलकाता पुगेको थियो, जसमध्ये काजल थापा, तरुण छेत्री, बबिता सुब्बा र सुशान खातीले स्वर्ण पदक हत्याए भने सुमन कार्की र सुलोचना छेत्रीले रजत अनि प्रज्ञान राईले कॉंस्य पदक हत्याए|
यस सफलताको निम्ति रिनाकका पञ्चायतवर्ग, बुद्धिजीवीगण, करॉंते एसोसिएशनका पदाधिकारीगणद्वारा खेलाड़ीहरूलाई सम्मानित गरियो भने खेलाड़ीहरूलाई भविष्यमा अझ अघि बढ्ने प्रोत्साहन पनि दिइएको बताइएको छ|

Category: sports
0 comments