शत प्रतिशत अंक ल्याउने विद्यार्थी विद्यालयद्वारा सम्मानित
यस अवसरमा प्रधानाचार्य श्री छेत्रीले यसपल्ट कक्षा १० मा कुल १०४ विद्यर्थीले परीक्षा दिएको, जसमध्ये १०३ उतीर्ण भएको जानकारी दिए| यसमध्ये अभिषेकले १० सीजीपीए अंक ल्याए भने चार विद्यार्थीले ९ सीजीपीए, २० विद्यार्थीले ८, ३० विद्यार्थीले ७, ४५ विद्यार्थीले ६ र ३ विद्यार्थीले ५ सीजीपीए अंक अर्जित गरेको प्रधानाचार्य छेत्रीले बताए|
यसरी नै कक्षा १२ को परीक्षा परिणाम पनि उत्कृष्ट रहेको जानकारी दिँदै श्री छेत्रीले साइन्स र कमर्समा शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथा आर्टसमा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए|
Category: Education
0 comments