एसडीएफ सरकारको पर्यावरण सम्बन्धी योजनाहरूकै कारण सिक्किम सफल बन्दै गइरहेछः मुख्यमन्त्री चामलिङ
मंगन: उत्तर जिल्लाको मंगन वरिष्ठ माध्यमिक स्कूलमा ५ जूनको दिन विश्व पर्यावरण दिवस भव्य रूपमा पालन गरियो| वन, पर्यावरण एवं वन्यप्राणी प्रबन्धन विभागद्वारा आयोजित समारोहमा मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथिका रूपमा उपस्थित थिए| यस अवसरमा उनीसित क्षेत्र विधायक तथा वन, पर्यावरण एवं वन्यप्राणी प्रबन्धन मन्त्री छिरिङ वाङ्दी लेप्चा, मन्त्री एनके सुब्बा, संसदीय सचिवगण, विधायक गण, वन विभागका पीसीसीएफ तथा सचिव थोमस चेण्डी, उत्तरका जिल्लापाल कर्मा आर बन्पो, विभिन्न महकुमाका महकुमा अधिकारीगण, जिल्ला पञ्चायत सदस्य, पञ्चायत सदस्य, शिक्षक-शिक्षिका, विद्यार्थी वर्ग एवं अन्यको उपस्थिति थियो|
गो वाइल्ड फर लाइफ-को नाराका साथ आयोजित कार्यक्रमको उद्देश्य अवैद्य वन्यप्राणी व्यापारमाथि सुन्य शहनशिलता रहेको छ्|
मुख्यमन्त्री पवन चामलिङले आफ्नो सरकार स्थापना भएपछि धेरैवटा पर्यावरण सम्बन्धित विभिन्न योजनाहरू शुरू गरेको बताउँदै यसकै फलस्वरूप सिक्किमले सफलता प्राप्त गर्दै गएको बताए| उनले भने, सिक्किम सरकारले राज्य विधानसभामा पर्यामैत्री तथा हरित राज्यको रिजल्यूसन पारित गरिसकेको छ| जसको फलस्वरूप अहिले राज्यको वन्य क्षेत्र पॉंच प्रतिशत वृद्धि भएको छ| उनले प्लास्टिक प्रयोग तथा प्लास्टिक जन्य पदार्थ जलाउनमा रोक लगाएको बताउँदै प्लास्टिक जलाउँदा निस्किएको धुवा अति नै खतरनाक अनि विषालु रहने भएको जानकारी गराए|
मुख्यमन्त्रीले भने, सरकारले प्लास्टिक तथा पात-पतिङ्गर जलाउनमा रोक लगाएको भए तापनि कतिपय विभागले यसको अवहेलना गरिरहेको छ| यस विषयमा कडा निर्देश दिँदै उनले विभिन्न स्थानका मानिस तथा स्कूलका विद्यार्थीहरूलाई यस विषयमा जागरूक गराउन स्वास्थ्य विभाग, शहरी विकास एवं आवास विभाग, नगर पञ्चायत आदिसित आग्रह गरे| उनले अझ भने, आफ्नो सरकार स्थापना भएपछि पर्यावरण संरक्षणको क्षेत्रमा राज्य सरकारले ७०-वटा कार्यक्रमहरू शुरू गरिसकेको छ|
राज्य सरकारले स्मृति वन योजना पनि शुरू गरेको छ| यस योजनाअन्तर्गत मानिसहरूले आफ्ना नानीहरूको सम्झनामा, स्वर्गीय माता-पिताको सम्झनामा पनि विरूवा रोप्न सक्ने मुख्यमन्त्री चामलिङले बताए|
उनले विद्यार्थीहरूसित प्रतिस्पर्धी हुने आह्वान गरे| उनले भने, विद्यार्थीहरूलाई प्रतिस्पर्धा गर्न क्षमतावान बनाउने उद्देश्य लिएर मुख्यमन्त्री छात्रवृत्ति योजना जस्ता योजनाहरू शुरू गरेको बताए| यस अतिरिक्त राज्यका विद्यार्थीहरूलाई कलेज स्तरसम्म निशुल्क शिक्षा उपलब्ध गराउने राज्य सरकारको योजना रहेको छ, मुख्यमन्त्रीले भने|
विद्यार्थीहरूमा प्रतिस्पर्धा गर्न सक्ने, रचनात्मक सोच तथा नयॉं विषयमा अध्ययन गर्न सक्ने क्षमता हुनुपर्छ| यसो भएको खण्डमा राज्यका विद्यार्थीहरू कुनै पनि क्षेत्रमा दक्ष हुनेछन्, उनले भने|
मुख्यमन्त्री चामलिङले सिक्किम सब्जेक्ट, परिचय प्रमाणपत्र, आवासीय प्रमाणपत्र अनि ग्रामीण इलाकामा जमीन भएका मानिसहरूलाई मात्र व्यापार लाइसिन्स प्रदान गर्ने विभागलाई निर्देश दिए|
उनले भने, यस जिल्लामा पर्यटन व्यवसाय सदैव चल्छ| यस जिल्लामा पर्यामैत्री व्यवसाय अप्नाएर पर्यामैत्री जिल्लाको नामले परिचित गराउनुपर्छ| उनले यस जिल्लामा पशुपालन क्षेत्रलाई मध्यनजर गरेर काम गर्ने पनि बताए| यस जिल्लाका कृषकहरूलाई अलैंचीका विरूवा उपलब्ध गर्ने पनि आश्वासन दिए| उनले भने, कृषि क्षेत्रमा कृषकहरूलाई सहयोग पुर्याउने उद्देश्य लिएर सरकारले ८० करोडको प्याकेज पनि बनाएको छ|
उनले यस वर्ष भरिमा २१५० क्षमताको बिजुली उत्पाद हुने बताउँदै यसबाट राज्य सरकारको भू-राजस्व बढेर जाने बताए|
यस अघि कार्यक्रममा स्वागत भाषण राख्दै विभागीय सचिव तथा पीसीसीएफ थोमस चेण्डीले वन्यप्राणी संरक्षण अतिनै महत्वपूर्ण रहेको बताए| स्वच्छताका लागि सिक्किममा धेरै पहलहरू भइरहेका छन् भन्दै सचिवले प्लास्टिक प्रयोगमा रोक, पटेका पडकाउनमा रोक आदि यसका प्रत्यक्ष उदाहरणहरू रहेको बताए| उनले विद्यार्थीहरू भोलीका देशका नागरिकहरू हुन् भन्दै पर्यावरण संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिका रहने बताए|
कार्यक्रमको अवसरमा मुख्यमन्त्री पवन चामलिङको बाहुलीबाट वन विभागको वार्षिक पत्रिका पाण्डा, ट्रयाकिङ मार्गको गाइडलाइन, धरोहर वृक्षको अधिसूचना तथा उत्तरको सिङबा गुरॉंस अभ्यारण्य अनि पश्चिम जिल्लाको फाबोङ वन्यप्राणी अभ्यारण्यको आधिकारिक लोगोको विमोचन गरियो|
विश्व पर्यावरण दिवसको अवसरमा उत्तर जिल्लाको सोनाम छोडा लेप्चा मेमोरियल सरकारी माध्यमिक स्कूल तथा पश्चिम जिल्लाको हि-याङथाङ सरकारी वरिष्ठ माध्यमिक स्कूललाई मुख्यमन्त्री हरित स्कूल रोलिङ पुरस्कार प्रदान गरियो| यी दुईवटा स्कूललाई नगद राशि पॉंच लाख, प्रमाणपत्र तथा ट्रफी प्रदान गरियो| यसैगरी पश्चिम जिल्लाका गेजिङ वरिष्ठ माध्यमिक स्कूल, बङतेन माध्यमिक स्कूल, पूर्व जिल्लाको आहो-सेन्टि माध्यमिक स्कूललाई एक लाख नगद राशि, प्रमाणपत्र तथा ट्रफि प्रदान गरियो भने पश्चिमको सोम बस्ति प्राथमिक स्कूल,, माचोङ ग्रिनभेल अकादमी निजि स्कूल तथा दक्षिणको माङजिङ निम्न माध्यमिक सरकारी स्कूललाई पच्चास हजार नगद राशिसहित प्रमाणपत्र अनि ट्रफी प्रदान गरियो| यस अवसरमा नर्थ सिक्किम अकादमीका विद्यार्थीहरूले वन्यप्राणीमाथि आधारित नाटक मञ्चन गरे भने अन्य विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि रहेका थिए्|
क्षेत्र विधायकले मुख्यमन्त्रीलाई उत्तरवासीकोक तर्फबाट धन्यवाद व्यक्त गरे| राज्य सरकारले स्वच्छ पर्यावरणको क्षेत्रमा धेरै काम गरिरहेको छ्| सिक्किममा राम्रो काम भएकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देश विदेशमा हाम्रो राज्यको चर्चा गरिरहेका छन्, उनले भने| (आईपीआर उत्तर)

Category: Sikkim Government
0 comments