मुख्यमन्त्री पवन चामलिङले गरे सपिङ कम्प्ल्याक्स र रिङयाम छोलिङ गुम्पाको उदघाटन
यसैगरी मुख्यमन्त्री पवन चामलिङले मगन बजार परिसरमा रहेको सपिङ कम्प्ल्याक्सको पनि उदघाटन गरे। यस अतिरिक्त सपिङ कम्प्ल्याक्स परिसरमा चिल्ड्रन पार्क, कार बिसौनी तथा सार्वजनिक शौचालयको पनि निर्माण गरिएको छ। शहरी विकास तथा आवास विभागअन्तर्गत निर्माण गरिएको सपिङ कम्प्ल्याक्स सहित चिल्ड्रन पार्क, कार बिसौनी तथा सार्वजनिक शौचालय गरी कूल लागत 350.57 लाख रहेको छ।
यस अवसरमा मुख्यमन्त्रीसित क्षेत्र विधायक तथा मन्त्री छिरिङ वाङ्दी लेप्चा, उत्तरका जिल्लापाल कर्मा आर बन्पो, मन्त्रीगण, संसदीय सचिव, विधायक गण, वन विभागका पीसीसीएफ एवं सचिव थोमस चेण्डी, उत्तरको चारै महकुमाका महकुमा अधिकारी, विभिन्न विभागीय अधिकारी एवं अन्यको उपस्थिति थियो।
काबीको मार्ग भएर उत्तर जिल्ला आएका मुख्यमन्त्री पवन चामलिङले फेन्सोङमा काबी-तिङदा क्षेत्रका विधायक उगेन निडुप भोटियाको घरमा केही क्षण आराम गरे भने त्यहाँ उनले स्थानीय जनताहरूसित भेट गरे। यस अवसरमा काबी-तिङदा क्षेत्रका नागरिकहरूले मुख्यमन्त्री समक्ष विभिन्न माग राखे। (आईपीआर उत्तर)
Category: Sikkim Government
0 comments