कृपाशल्यान सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा विदाई समारोह सम्पन्न

शिक्षकहरूलाई विदाईका साथै नयाँ प्रधानाध्यापक पी.बी छेत्रीलाई स्वागत पनि जनाइयो। सेवानिवृत्त बनेका शिक्षकहरूमा टीएन निरौला, भूपाल छेत्री र जी.एस रिजाल सामेल छन् भने अजय छेत्री पदोन्नती भएर अन्यत्र सरूवा गएका छन्। कार्यक्रममा मुख्य अतिथिको रूपमा शिक्षा विभाग, सोरेङका उपनिदेशक एच.पी शंकर उपस्थित थिए।
सेवानिवृत्त बनेका शिक्षकहरूलाई स्मृति चिन्ह, सुनको औँठी र अवस्त्र प्रदान गरियो। यसरी नै नयाँ प्रधानाध्यापक छेत्रीले विदा भएर जाने शिक्षकहरूको सम्झना सँधै रहने बताउँदै उनीहरूका योगदानलाई भूल्न सयने बताए।
उनीहरूको सुस्वस्थ्यको कामना गर्दै पदोन्नती भएर जाने शिक्षकप्रति शुभेच्छा प्रकट गरे। आङ्गुले पाएको जिम्मेवारी निष्ठापूर्वक पालन गर्ने र पाठशालाको उन्नति एवं प्रगतिमा निष्ठापूर्वक कार्य गर्ने उनले बताए। यसरी नै कार्यक्रमलाई सेवानिवृत्त बनेका शिक्षकहरूले पनि सम्बोधन गरेका थिए।
0 comments