Home �
Education
,
Social
� टाशिडिङ उच्चतर् माध्यमिक विद्यालयमा एक दिवसीय जागरुकता कार्यक्रम आयोजित
Unknown |
Wednesday, June 22, 2016 |
0
comments
विशाल बानियॉं छेत्री

गान्तोकः टाशिडिङ उच्चतर् माध्यमिक विद्यालयको रेड रिबन क्लबले भोलेण्टियर ब्लड डोनर एसोसिएशन अफ् सिक्किम (भीबीडीएएस) को संयुक्त तत्वावधानमा ‘एचआईभी एड्स, स्वैच्छिक रक्तदान अनि मादक पदार्थहरूको सेवन’ माथि एक दिवसीय जागरूकता कार्यक्रम विद्यालयको प्रेक्षागृहमा आयोजन गर्यो| टाशिडिङ उच्चतर् माध्यमिक विद्यालयका प्रधानाचार्य एनएस छेत्रीको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा चेवाङ पिन्छो भोटिया, दिपक राई, विकास प्रधान अनि रेड रिबन क्लबका समन्वयक किशोर कुमार बानियॉं स्रोत वक्ताका रूपमा उपस्थित थिए|
उक्त कार्यक्रममा एनएसएसका समन्वयक, नोडल अफिसर, रेड रिबन क्लबका सदस्यगण, शिक्षक-शिक्षिकागण तथा २ सयभन्दा अधिक विद्यार्थीहरूले सहभागिता जनाएका थिए| यस अवसरमा भीबीडीएएसद्वारा क्विज प्रतियोगिताको पनि आयोजना गरिएको थियो|
Category:
Education
Social
0 comments