उत्तर जिल्ला प्रशासनको एउटा टोलीले गऱ्यो चुङथाङ जाने वैकल्पिक मार्गको निरीक्षण
मगन: उत्तर जिल्ला प्रशासनको एउटा टोलीले आज मगनबाट पासिङदाङ, सफु, रमम, सिपग्यर, ट्याङ हुँदै चुङथाङ जाने वैकल्पिक मार्गको निरीक्षण गऱ्यो। यद्यपि, अहिले यस मार्गको कार्य पूरा भइसकेको छैन। जिल्लापाल कर्मा आर बन्पोको नेतृत्वमा गएको टोलीमा 15 इन्जिनियरिङ रेजिमेन्ट 117 माउन्टेन डिभिजन कालेबुङका कमाण्डिङ अधिकारी कर्णल सैलेश प्रधान, वरिष्ठ पुरिस अधिक्षक समिम राई, शिक्षा विभागका संयुक्त निर्देशक सोनाम लेप्चा, मगन, चुङथाङ र जङ्गुका महकुमा अधिकारी, पञ्चायत सदस्य एवं सम्बन्धिक विभागीय अधिकारीहरूको उपस्थिति थियो।
मगनबाट ठ्याङ हुँदै यस टोलीले सिपग्यर, रमम, सिलिम-पाक्यल, सफु आदि स्थानको भ्रमण गऱ्यो। यस अघि टोलीले रेल छुको पनि भ्रमण गऱ्यो। भारी वर्षाका कारण यस वर्षको दोस्रो पल्ट रेल छुमा निर्माण गरिएको पूल बगाएर लगेपछि अहिले चुङ्थाङको मार्ग बन्द रहेको छ।
भ्रमण अवधि सफु गाउँसम्मको सडक मार्ग राम्रो अवस्थामा रहेको पाइयो। यो मार्ग सफु देखि साङकलाङ पुग्न भन्दा 6.5 किलो मिटर माथिसम्म वाहन गुडन लायकको रहेको छ। यो मार्ग ग्रेफले खनेको जानकारी गराइएको छ। ग्रेफले सडक निर्माण कार्य अधुरै राखे पछि हाल लगभग 6.5 किलो मिटर सडक वाहन गुडन लायक नभएको भ्रमण टोलीले पायो।
यस क्षेत्रमा 21 मेघावाटको जलविद्युत परियोजना निर्माण गर्दै गरेको सिक्किम इन्जिनियरिङ प्राइभेट लिमिटेडको तत्पर्तामा सडक मार्गलाई सुचारू गर्न सुरक्षा वालहरू लगाइँदैछ। यसका साथै पासिङदाङ हुँदै सफुलाई सम्पर्कमा ल्याउनका लिमिटेडले कनका नदिमा वाहन गुडने पूल निर्माण गर्ने भएको छ।
यस सडक मार्गलाई मरमत गरेर हल्का वाहन गुड्ने बनाउनका लागि ठाउँ-ठाउँमा कम्पनीले सुरक्षा वाल लगाइरहेको र यो कार्य लगभग एक महिनामा पूरा गर्ने आस्वासन दिएको छ। यस मार्गलाई मगनसंग जोडन कनका नदिमा पूल निर्माण गर्न जरूरी छ जुन पूल कम्पनीले निर्माण गर्न थालिसकेको छ। यस स्थानमा पूलको निर्माण भएपश्चात मगनबाट चुभथाङ, लाचेन तथा लाचुन आदि स्थानहरूमा जानका लागि वैकल्पिक मार्ग हुनेछ। यद्यपि यो मार्ग केवल हल्का वाहनका लागि मात्र हुनेछ।
यस अतिरिक्त यो मार्ग शुरू भएपछि जङ्गु खण्डमा पर्ने सफु, सिपग्यर, रमम, सिलिम पाक्यलका लागि पनि धेरै फायदा पुग्नेछ। जसबाट यहाँका मानिसहरूले पासिङदाङ खण्ड प्रशासनिक केन्द्र अनि मगनसंग छिटो जोडिन सक्नेछन्। हालमा यहाँका मानिसहरूले ठ्याङबाट भएर मगन आउनुपर्दैछ जसको कारण उनीहरूको समयको खर्च भइरहेको छ।

Category: others Sikkim Government Social विविध
0 comments