फालेचन्दडॉंरा निम्न माध्यमिक विद्यालयमा विश्व पर्यावरण दिवस पालन
गान्तोकः पूर्व सिक्किम अन्तर्गत फालेचन्दडॉंरा निम्न माध्यमिक विद्यालयमा विश्व पर्यावरण दिवस पालन गरिएको समाचार प्राप्त भएको छ| यस अवसरमा विद्यालयका शिक्षक-शिक्षिका एवं विद्यार्थीहरूले विद्यालय परिसर छेउछाउ विभिन्न रूखका विरूवाहरू रोपण गरे|
विरूवा रोपणपछि विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानाध्यापक सुरज कुमार शर्माले विश्व पर्यावरण दिवसको महत्त्वमाथि प्रकार पारे| यसरी नै ‘ग्रीन टिचर’ सुश्री बिना राईले सबैसित आफ्नो खाली रहेका ठाउँहरूमा विरूवा रोपर त्यसको सेल्फी पठाउने आह्वान गर्दै उत्कृष्ट सेल्फीलाई स्कूलको ग्रीन क्लबको तर्फबाट रगद पुरस्कार प्रदान गरिने घोषणा गरिन्|
यस अवसरमा विद्यार्थीहरूबीच पेण्टिङ अनि तर्क प्रतियोगिताको पनि आयोजना गरिएको थियो भने यस कार्यक्रममा शिक्षक-शिक्षिका अनि विद्यार्थीहरूका साथमा स्कूल प्रबन्धन समितिका सदस्यहरूले पनि सहभागिता जनाएका थिए|

Category: Education
0 comments