प्राचीन सिक्का र नोट संग्रहकर्ता रोहित खन्ना

Unknown | Wednesday, June 15, 2016 | 0 comments

- बलराम धमाला, गान्तोक
मध्य प्रदेशको जबलपूर निवासी रोहित खन्नाले बीस वर्ष अघिदेखि भारतका प्राचीन सिक्का र नोटहरू संग्रह गर्दै आइरहेका छन्| हालमा आफुसित भारतको प्राचीन कालका लगभग दुई हजार अद्वितीय प्राचीन सिक्का र मुद्राहरू रहेको खन्नाले बताएका छन्| यस्ता प्राचीन सिक्का र नोटहरू संग्रह गर्नु आफ्नो शौक रहेको उनी बताउँदछन्| एक समय जब उनले वर्षाको मौशममा जबलपूरको वेद्राघाट नजिक पवित्र नर्मदा नदीको भ्रमण गरे, त्यहॉंदेखि नै उनमा सिक्का संग्रह गर्ने शौक उत्पन्न भयो| वर्षाको मौशममा नर्मदा नदीको किनारामा प्राचीन सिक्काहरू फ्यॉंकिएको देखेपछि यस्ता सिक्का र नोटहरू संग्रह गर्न थालेको उनी बताउँछन्| 

 यस्ता पुराकालिन सिक्का तथा नोटहरूले हामीलाई भारतको बहुमूल्य संस्कृति तथा अर्थनैतिक धरोहरको स्मरण गराउने उनको भनाई छ| हामीले आफ्नो देशको महान ऐतिहासिक विगतबारे जान्नुपर्छ भन्ने उनको मत छ| आफ्नो यस विराट कार्यले विशेष गरी सिक्किमका युवा विद्यार्थीहरूलाई धेरै ज्ञान प्राप्त हुसक्ने उको विश्वास छ| हालमा उनी सिक्किममा बसोबास गरिरहेका छन्| 

अद्वितीय सिक्का र नटहरूको संग्रहमा जुटेका रोहित खन्नासित धेरैवटा प्राचीन नोटहरू छन् जसमध्ये सन् १८२० सालमा ब्याङ्क अफ बंगालबाट छापिएको एक सय रूपिँयाको नोट छ्| यसैगरी भारत सरकारको १९०५ सालको एक सय रूपिँयाको नोट अनि ब्रियिशकालिन राजा जर्जको नक्सा भएको सन् १९१८ सालको साढ़े दुई आनाको नोट पनि आफूसित रहेको उनी बताउँछन्| सोही प्रकारले राजा जर्जको फोटो भएको पॉंच-अनि दश रूपियॉंका नोटहरू, भाग्यवान क्रमसंख्या ७८६ भएको दश रूपियॉंको त्रुटीपूर्ण नोट छ, जसको अघिल्लो भागमा दुई ठाउँ क्रमसंख्या छापिएको हुनुपर्नेमा यो संख्या एक ठाउँमा मात्र छापिएको छ| 

 खन्नासित केही अद्वितीय सिक्काहरू पनि छन् जस्तै इष्ट इण्डिया कम्पनीको १७६२ सालको साढ़े दुई आनाको सिक्का छ, यो तीन इञ्च व्यास भएको तॉंबाको सिक्का धेरै गह्रौं पनि छ| यसका साथै यस सिक्कामा हनुमानले आफ्नो देब्रे हातले सुमेरू पर्वत उठाएको नक्सा कुँदिएको छ| यति मत्र नभएर उनीसित तिपु सुल्तानको १७९० सालको सुनको सिक्का पनि छ भने बादशह अकबरको समय अर्थात १६०५ सालमा बनिएको तॉंबाको ठूलो सिक्का छ| मगध राजकुलको ६०० बीसी (ख्रिष्टपूर्व)-को विश्वकै सबैभन्दा सानो मासा सिक्का छ भने एउटा पाटामा शिवलिङ्ग भएको माहिदीपूर राज्य (उजैन प्रमुल)-को तॉंबाको सिक्का पनि उनीसित छ्| सन् १९१२ सालको निजाम अफ् हैदराबाको दुई आनाको चॉंदीको सिक्का पनि उनले संग्रह गरेका छन्, जसको एक पाटामा चारमिनारको नक्सा छ|

राजकुमार चार्ल्स अनि लेड़ी डायनाको नक्सा भएको १९८१ सालको चॉंदीको सिक्का पनि उनीसित छ्| इष्ट इण्डिया कम्पनीको १८१८ सालको एक आनाको तॉंबाको सिक्का पनि धेरै अकपर्क रहेको छ्| ट्रान्सनिस्ट्रयाद्वारा निकालिएको विश्वकै प्रथम अनि प्लास्टिकको रूसको मुद्रा (रूबल) पनि आफूसित रहेको उनले बताएका छन्| कुनै पनि ईच्छुक व्याक्ति, विधार्थी अथवा शोधार्चीले यस्ता अद्वितीय सिक्का हेर्न चाहेमा उनको मोबाइल नम्बर- ९८२६६-१०६५१- मा सम्पर्क गर्नसक्ने उनले जनाएका छन्| 

Category:


0 comments

Check This too

loading...

Featured