ताईक्वाण्डो खेलाड़ीहरूले हत्याए ३ स्वर्ण सहित ६ पदक
ताईक्वाण्डो फेडरेशन अफ् भोटानद्वारा गत २० देखि २२ मईसम्म राजधानी थिम्पुमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ताईक्वाण्डो च्याम्पियनशीप अनि प्रथम पुम्से अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा निलतारा अकादमी ताईक्वाण्डो क्लबका खेलाड़ीहरूले तीन स्वर्ण सहित कुल ६ पदक हत्याएका छन्|
उक्त प्रतियोगितामा हिमाली अधिकारी, आशिष दाहाल अनि आशिष राईले आ-आफ्नो वर्गमा प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण पदक हत्याए भने अनमोल कार्कीले रजत अनि नेहा कार्की र कुशल घिमिरेले एक-एक कॉंस्य पदक हत्याए|
Category: sports
0 comments