मन्त्री लेप्चाको अध्यक्षता पर्यावरण दिवस समारोहलाई लिएर मंगनमा सभा सम्पन्न

Unknown | Wednesday, June 01, 2016 | 0 comments

गान्तोकः आगामी ५ जूनको दिन विश्‍व पर्यावरण दिवस कार्यक्रमलाई लिएर आज यहॉं जिल्ला पञ्चायत भवनको सम्मेलन हलमा राज्यका वन, पर्यावरण एवं वन्य प्राणी विभागीय मन्त्री टीडब्ल्यू लेप्चाको अध्यक्षतामा एक समन्वय बैठक सम्पन्न भयो|

उक्त दिनको कार्यक्रम राज्यका मुख्यमन्त्री पवन चामलिङ  उपस्थित हुने छन् भने यस अवसरमा मुख्यमन्त्रीले मंगन लालबजारमा निर्मित नयॉं शपिङ कम्प्लाक्स अनि रिङगिमस्थित रिङगिम छोलिङ गुम्पाको उद्घाटन गर्ने पनि बताइएको छ|

यस बैठकमा संसदीय सचिव उगेन एन. भोटिया, उत्तर सिक्किमका उपाध्यक्ष निमछिरिङ लेप्चा, उत्तर जिल्ला जिल्लापाल, विभागीय प्रमुखहरू तथा अन्यको उपस्थिति रहेको जनाइएको छ|

Category:


0 comments

Check This too

loading...

Featured