केन्द्रिय मन्त्री उराउँको बयान संवैधानिक, आखिरी होइनः डीबी चौहान
यसरी नै धारा ३७१एङ्ग-लाई ध्यानमा राखेर भाजपाले काम गर्ने र यो प्रावधानबाट समस्याको समाधान हुन्छ भने अवश्य पहल गर्ने उनले स्पष्ट बताए| लिम्बू तामाङ सीट आरक्षणको मुद्दा १३ वर्षसम्म सर्वोच्च न्यायालयमा चलेको र अझै पनि प्रदेश भाजपाले इमान्दारीपूर्वक साथ दिएर न्याय दिलाउन कटीबद्ध रहेको बताए| अर्कोतिर, केन्द्रिय मन्त्रीको वक्तव्यलाई गलत तरिकाले ङ्गैलाएर प्रदेश भाजपाकै कतिपय कार्यकर्ताहरूले केन्द्रिय मन्त्री र प्रदेश भाजपा अध्यक्षको छवि धमिल्याउने प्रयास गरिरहेको जानकारी पार्टीकहॉं आएको अवगत गराउँदै कार्यकर्ताहरूको यस्तो गैर जिम्मेवार कार्य विरूद्ध पार्टीले चॉंड़ै अनुशासनात्मक कारबाही गर्ने उनले बताए|
यसबाहेक, हिजो चिन्तन भवनमा सम्पन्न पार्टीको एक कार्यक‘मलाई सम्बोधन गर्ने क‘ममा केन्द्रिय मन्त्री उराउँले केन्द्रबाट आएको धनराशि दुरूपयोग भए पार्टी कार्यकर्ताहरू चुप्प लागेर नबस्नु भनी निर्देश दिएको उनले बताए| कुनै विभागमा भ‘ष्टाचार हुँदैछ त्यसको जानकारी सम्बन्धित मन्त्रालयमा दिनु पर्ने र केन्द्रबाट आएको बजेटप्रति कार्यकर्ताहरू सजग भएर काम गर्ने आह्वान गरेको चौहानले बताए| यसरी नै केन्द्रिय सूचना एवं प्रसारण मन्त्री राज्यवर्धन सिंह राठोड़ले दूरदर्शन गान्तोकको चॉंडै शुरू गर्ने जानकारी दिएको बताए| उनले पार्टीको उक्त कार्यक‘म सङ्गल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरेका छन्|
Category: Politics
0 comments