मिस् सिक्किम २०१६ को अडिशन चरण समाप्त
१७ जना सुन्दरीहरू अघिल्लो चरणको निम्ति चयन

दक्षिण सिक्किमको नाम्ची अनि पूर्व सिक्किम गान्तोकमा दुई चरणमा सम्पन्न भएको अडिशनमा राज्यका चारै जिल्लाका सुन्दरीहरूले भाग लिएको आयोजक पोजिट्युडका महानिर्देशक विजय सुब्बाले बताएका छन्| नाम्चीमा सम्पन्न अडिशनबाट ५ जना अनि गान्तोकमा सम्पन्न अडिशनबाट १२ जना गरी कुल १७ जना सुन्दरीहरू चयन भएको जानकारी सुब्बाले गराउनु भएको छ| ती १७ भाग्यशाली सुन्दरीहरूमा नाम्ची अडिशनबाट उपासना लामिछाने, सिमरण गुरूङ, नित्य थापा, सृजना सुब्बा, र लत्ता गदाईली रहेका छन् भने गान्तोक अडिशनबाट रोशनी घिमिरे, जानुका शर्मा, हेमा छेत्री, सुस्मा गुरूङ, शिक्षा श्री शर्मा, विनिता शर्मा, फुर्बा डोमा शेर्पा, रेनु राई, प्रिती तामाङ, पेमा छोडेन भोटिया, पवित्र दर्नाल र करिश्मा निरौला रहेका छन्|
चयन भएका सुन्दरीहरूलाई विभिन्न प्रकारको तालिम प्रदान गरिने, ग्रुमिङ गरिने तथा विभिन्न सामाजिक कार्यहरूप्रति उनीहरूलाई संगलग्न गराइने बताइएको छ| सिक्किम एक सानो राज्य रहेको र यहॉंका सुन्दरीहरू सबैजना प्रथम चोटी यस प्रकारको ब्युटी कन्टेस्टमा आएका हुन्छन्, त्यसर्थ उनीहरूमा कन्फीडेन्स र ग्रुमिङ गराउन आवश्यक रहेको आयोजक पोडिट्युडका सी.ई.ओ. गिर्मिला भोटियाले बताएकी छन्| चयन भएका सबै सुन्दरीहरूलाई आयोजकले ग्राण्ड फिनालेसम्मको सबै ग्रुमिङ अनि अन्य खर्चहरू बेहोर्ने बताइएको छ| सिक्किका ग्लेमर अनि ब्युटी कन्टेस्टमा रुची राख्ने युवतीहरूलाई भविष्यमा गएर मीस इण्डीया, मीस नर्थ ईष्ट र अन्य धेरै राष्ट्रिय स्तरको प्रतियोगितासम्म पुर्याउने मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको आयोजक पोजीट्युडका सी.ई.ओ. गिर्मिला भोटियाले बताएकी छन्| मिस् सिक्किम ग्राण्ड फिनाले २५ जुनको दिन मनन केन्द्रमा सम्पन्न हुनेछ|
Category: various
0 comments