पश्‍चिम सिक्किम साहित्य प्रकाशनद्वारा स्रष्टा र लालमान सञ्चरानी स्मृति पुरस्कारको घोषणा

Unknown | Sunday, June 12, 2016 | 0 comments

गान्तोकः पश्‍चिम सिक्किम साहित्य प्रकाशनले एक महत्त्वपूर्ण सभा गरी स्रष्टा पुरस्कार र लालमान सञ्चरानी स्मृति पुरस्कारको घोषणा गरेको छ|

यस वर्षको स्रष्टा पुरस्कारको निम्ति कविता विधामा असमका साहित्यकार भबिलाल लामिछानेलाई, कथा विधामा दक्षिण सिक्किमको जोरथाङ निवासी कथाकार प्रेम मुखियालाई उनको कथा ‘इहली’को निम्ति र निबन्ध विधामा पश्‍चिम बंगाल दार्जीलिङ निवासी कमल रेग्मीलाई उनको निबन्ध ‘स्वातन्त्रोत्तर भारतीय नेपाली गीत एक सर्वेक्षण’ लाई चयन गरिएको छ|

यसरी नै प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गरिने लालमान सञ्चरानी स्मृति पुरस्कार यस वर्ष कालेबुङको बम बस्ती निवासी साहित्यकार सलोन कार्थोकको समालोचना नियात्रा सङ्ग्रह विश्‍व एउटा पल्लो गाउँ-लाई चयन गरिएको छ|

उक्त सबै पुरस्कार आगमी १३ जुलाई भानु जयन्तीको अवसरमा प्रदान गरिने छ भने पुरस्कारको छनौट पश्‍चिम सिक्किम साहित्य प्रकाशनका निर्णायक मण्डलीले गर्दै आएको छ| 

Category:


0 comments

Check This too

loading...

Featured