सड़क दुर्घटनमा घाइते पर्यटकहरूको अस्पताल पुगेर स्वास्थ्य मन्त्री घतानीले लिए स्वास्थ्यबारे जानकारी
मन्त्री घतानीले घाइतेहरूसित भेटघाट गरी राज्य सरकारको तर्फबाट हरसम्भव सहयोगको आश्वासन दिनका साथै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामकाना व्यक्त गरे। घाइते पर्यटकहरूले आफूहरूलाई असल चिकित्सा सुविधा उपलब्ध गराएकोमा सिक्किम सरकार अनि अस्पताल पक्षप्रति कृतज्ञता व्यक्त गरेका छन्।
यद्यपि आज उनीहरूलाई अस्पतालबाट छुट्टी दिइएको र उनीहरू मेरठको निम्ति प्रस्थान भएको एसटीएनएम अस्पतालका चिकित्सा अधीक्षक डा. केबी गुरूङले जानकारी दिएका छन्।
Category: Health Related News others विविध
0 comments