भिजिलेन्सद्वारा कोइला घोटाला काण्डमा संलग्न अन्य तीन पक्राउ

Unknown | Monday, May 30, 2016 | 0 comments

गान्तोकः कोइला माङ्गियामा संलग्न अन्य तीन आरोपीलाई पनि सिक्किम भिजिलेन्स पुलिसले पक्राउ गर्न सङ्गल बनेको छ| पक्राउ पर्ने आरोपीहरूमा चन्द्र बहादुर प्रधान, रमेश कुमार प्रधान र कृष्ण ओसवाल रहेका छन् भने तीनैजना रङ्गीत एसोसिएटस् प्राइवेट लिमिटेडका निदेशक हुन्|

उल्लेख्य, सिक्किम भिजिलेन्स पुलिसले २६ मईको दिन कोइला माङ्गियाको आरोपमा सिक्किम सरकारको वाणिज्य एवं उद्योग विभागका पूर्व निदेशक उज्जवल गुरूङलाई सिलगढ़ीबाट पक्राउ गरेको थियो| आरोपीले आफ्नो पद्को दुरूपयोग गर्दै गान्तोक आधारित रङ्गीत एसोसिएटस् प्राइवेट लिमिटेडसित मिलेर भारत सरकारको कोइला मन्त्रालयद्वारा सिक्किममा मध्यम एवं लघु उद्योगलाई प्रयोगको निम्ति आवण्टित २ करोड़ रूपियॉं बराबरको कोइलामा धॉंधली गरेको आरोप छ|

कोइला माङ्गियामा नाम आएपछि तीन आरोपी बेपत्ता बनेका थिए| सिक्किम भिजिलेन्स पुलिसले तीन आरोपीको खोजीमा सिलगढ़ी, दार्जीलिङ, च्याखुङ, सिङताम, तादोङ आदि ठाउँहरूमा व्यापक छानबिन गरेपछि शनिबार पक्राउ गरिएको बताइएको छ| पक्रा पर्ने चारै जना आरोपीलाई सात दिनको पुलिस कस्टडीमा लिएको छ|

यसै क्रममा भिजिलेन्सका अधिकारीहरूले आइतबार रङ्गीत एसोसिएटस् प्राइवेट लिमिटेड/सिक्किम फ्लोर मिलको कार्यालयमा छापा मारेर दस्तावेजहरू जङ्गत गरेको छ| कोइला माङ्गियाको सम्बन्धमा छानबिन गर्न पुलिस अधिकारीहरूको एउटा दल पश्‍चिम बंगाल र झारखण्ड पठाएको जानकारी भिजिलेन्स पुलिसले दिएको छ| यसका साथै भिजिलेन्सले कोइला माङ्गियामा अन्य कर्मचारीहरू संलग्न छन् वा छैनन् भन्ने विषयमा जॉंच गरिरहेको बताएको छ|

Category:


0 comments

Check This too

loading...

Featured