सामाजिक सञ्जालमार्फत चर्चामा आएकी वृद्धा महिलाको स्वास्थ्यबारे अस्पताल पुगेर मन्त्री घतानीले लिए जानकारी
वृद्धालाई सबै प्रकारको सुविधा उपलब्ध गराउने अस्पताल पक्षलाई निर्देश
गान्तोकः राज्यका स्वास्थ्य, परिवार कल्याण तथा मानव सेवा विभागीय मन्त्री ए.के घतानीले २९ मईको दिन एसटीएनएम अस्पतालको छड़्के जॉंच गर्दै रोगीहरूसँग पनि भेटघाट गरे उनले त्यहॉंका रोगीहरू स्वास्थ्यको जानकारी लिए भने उनीहरूबाट अस्पतालमा भएको सुविधा असुविधाबारे पनि जानकारी लिए| यस अवसरमा हालै सामाजिक सञ्जालमा चर्चामा आएकी पश्चिम सिक्किमको खेचीपेरी निवासी एक वृद्धा महिला चुम्कित लेप्चासित पनि मन्त्री घतानीले भेट गर्दै उनको स्वास्थ्यबारे जानकारी लिए|सही उपचारको अभावमा चुम्कित लेप्चाको स्वास्थ्य बिग्रँदै भएको खबर सामाजिक सञ्जालमार्फत थाहा लाग्न साथ मन्त्री घतानीले स्थानीय पञ्चायत तथा जिल्ला पञ्चायतलाई उनको खोजी गर्दै एसटीएनएम अस्पतालमा भर्ना गर्ने निर्देशन दिएका थिए| गत केही दिनदेखि उनी एसटीएनएम अस्पतालमा उपचाराधीन छिन्| यस भ्रमणको अवसरमा मन्त्रीले लेप्चालाई सबै प्रकारको सुविधा उपलब्ध गराउन अस्पताल पक्षलाई निर्देशन पनि दिएका छन्|
यसरी नै उनले उत्तर जिल्लाका सूचना तथा जन सम्पर्क विभागमा कार्यरत एक अधिकारी र एसडीएङ्गका सक्रिय कार्यकर्ता प्रकाश लीको पनि स्वास्थ्यबारे जानकारी लिए|
Category: Health Related News

0 comments