मानसरोवर यात्राको तयारीलाई लिएर मुख्य सचिवद्वारा बैठक
१५ जून, २०१६ देखि दिल्लीबाट तीर्थ यात्रा शुरू हुनेछ| मुख्य सचिवले गत वर्ष नथुलाबाट तीर्थ यात्रा सङ्गल बनेको कुरा गर्दै यसपाली पनि सोही प्रकारले समन्वय कायम राख्दै कार्य गर्नु पर्ने बताए| उनले नोडल विभाग र सम्बन्धित विभागहरू साथै एजेन्सीहरूबीच सूचनाको आदान-प्रदानमाथि अधिक बल दिए|
उनले बागडोग्रादेखि नथुलासम्म सड़क मार्गको अवस्था, १५ माइल, १७ माइल अनि शेरेथाङमा अनुकूलन शिविरको अवस्था, सेना, आइटीबीपी र विभिन्न विभागहरूको भूमिकाबारे विस्तारपूर्वक जानकारी लिए|
बैठकमा पर्यटन विभागका सचिव सी. जाङपोले यात्राको तयारीबारे विस्तृत रूपमा जानकारी दिए| उनले अनुकूलन शिविरहरूमा चिकित्सा लगायत अन्य सुविधाहरूको व्यवस्था गरिएको बताए| उनले पर्यटन विभाग र एसटीडीसी लगातार रूपमा बीआरओ, सेना, एयर ङ्गोर्स, आइटीबीपी, कस्टम, बीएसएनएल, स्वास्थ्य, उर्जा, पीएचई, पुलिस आदि विभागहरूको सम्पर्कमा रहेको जानकारी दिए| बैठकमा सेना, आइटीबीपी, कस्टम, बीआरओ आदिका प्रतिनिधिहरू पनि उपस्थित थिए भने उनीहरूले यात्राको समय आ-आफ्नो भूमिकाबारे अवगत गराए| नथुला भएर कैलाश मानसरोवर यात्राको आयोजनलाई लिएर यसपाली धेरै बैठक गरिएको आइपीआर विभागले जानकारी दिएको छ|
यसपाली सिक्किमको नथुला भएर तीर्थ यात्रीहरूको ७ समूह कैलाश प्रस्थान हुनेछन् जसमा प्रत्येक समूहमा ५०-५० यात्री रहनेछन्|
Category: Religion-Faith

0 comments