सुबलभिट्टामा माङ्खिमको स्थापना तथा साकेला सिली प्रदर्शनी
विगत लामो समयदेखि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमको आयोजनाको माध्यमबाट सक्रिय बन्दै आएको राई समाज सेवा समितिले विगतमा बौद्धिक सङ्गोष्ठीा तथा लोक सांस्कृतिक कार्यक्रमहरूका माध्यमबाट आफ्नो सक्रियता देखाउँदै आएको थियो भने यसपल्ट यसले साकेलाको माध्यमबाट राई समुदायको लोक संस्कृतिलाई प्रचार-प्रचार गर्ने उद्देश्यले किराँती खम्बू (राई) हरूको महान् चाड उभौली पूजाको उपलक्ष्य पारेर माङ्खिमको स्थापना तथा साकेला सिली नृत्य प्रदर्शनी गरेको बताइन्छ।
राई समाज सेवा समिति तथा किराँती खम्बू (राई) संस्कृति संस्थान बाघडोग्रा, एमएम तराईको संयुक्त आयोजनामा माङ्खिमको स्थापना तथा साकेला सिलीको प्रदर्शनीमा राई समुदायको आफ्नो छुट्टै धर्म-संस्कृति, रीतिथिति तथा परम्परालाई जीवन्त राख्नेा तथा आउँदो पुस्तालाई यी विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको आयोजक समितिले जनाएको छ। दीलकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा फाँसीदेवा समष्टिकका विधायक सुनिल तिर्की तथा विशिष्टक अतिथिमा सञ्चय राईका अतिरिक्त बुडागञ्ज ग्राम पञ्चायत सदस्य श्रीमती उर्मिला उराउ, प्रताप लामा, एमपी राईको पनि उपस्थिति रहेको थियो।
प्रमुख अतिथि विधायक सुनिल तिर्कीले आफ्नो सम्बोधनमा संस्कार-संस्कृति बचाएर लानुपर्ने उल्लेख गर्दै आआफ्नो जातीय संस्कृतिबारे आउँदो पुस्तालाई जानकारी गराउनु आवश्यक रहेको बताए। जात-जातको संस्कृतिको विकासले नै जातीय संस्कृतिको पहिचानमा टेवा पुग्ने बताउँदै विधायक तिर्कीले धर्म, संस्कृति र परम्पराको विकासमा सबै लाग्नुपर्ने उल्लेख गरे। कार्यक्रममा विशेष अतिथि सञ्चय राईले पनि सम्बोधन गरेका थिए।
कार्यक्रममा माख्खिमका लागि भूमि पूजन, पाम्खा, जङ्गली देवको स्थापना तथा शिकारी देवको पनि स्थापना गरिएको थियो। कार्यक्रमको रोचक पक्ष रहेको साकेला सिली नृत्य सोनापिन्डी, बाघडोग्रा, पानीट्याङ्की, एमएम तराईका कलाकारहरूले प्रदर्शन गरेका थिए भने सम्पूर्ण कार्यक्रमलाई भीम राईले सञ्चालन गरेका थिए।
Category: Religion-Faith
0 comments