सड़क निर्माणबाट प्रभावित अप्पर सुमिनमा जनताद्वारा निर्माण कार्य ठप्प गर्ने चेताउनी
उक्त सड़क निर्माण कार्यमा भइरहेको लापर्वाहीका कारण जमीन धस्किने, घर चर्किने, अलैंची बारी माटोले पुरिने, पानीको पाइप बिग्रने आदि समस्या झेल्न परिरहेको स्थानीय मानिसहरूले दावी गर्दै यस सम्बन्धमा सम्बन्धित विभागीय अधिकारीहरू तथा ठिकादारलाई बारम्बार गुनासो पोखे पनि कतैबाट सुनवाई नभएको उनीहरूले बताएका छन्| यस विषयमाथि सुनवाई नभए निर्माण कार्य ठप्प गर्ने स्थानीयहरू सोनाम शेर्पा, पासाङ शेर्पा, दावा तेन्जिङ शेर्पा, पेम्बा जिदर शेर्पा आदिले पत्रकारहरूलाई बताएका छन्|
गाउँलेहरूले आफूहरू सड़क निर्माणको विरोधमा नरहेको र गाउँको विकासको निम्ति सड़क आवश्यक रहेको पनि बताएका छन्| सड़क निर्माणको कार्यबाट अहिले स्थानीय लगभग १०-१२ परिवार प्रभावित भएका बताइएको छ|
Category: various

0 comments