मुलूके विद्यालयद्वारा वार्षिक उत्सव एवं रजत जयन्ती पालन

Unknown | Friday, December 08, 2017 | 0 comments

भानुराज थापा
रिनाक, 8 दिसम्बर: पूर्व जिल्लाको छुजाचेन क्षेत्रअन्तर्गत एवं रिनाक बीएसी मानव संसाधन विकास विभागअधिनस्त मुलूके निम्न सरकारी माध्यमिक विद्यालयले 7 दिसम्बरको दिन छुट्टै प्रकारले विविध कार्यक्रमको साथमा वार्षिक उत्सव एवं रजत जयन्ती समारोह मनाइयो। क्षेत्र विधायक विक्रम प्रधानसहित पूर्व जिल्ला पञ्चायत अध्यक्ष एसएस बोखिमसहित सुदुङलाखा, आरीटार, दलपचन्दका पञ्चायतगण, एसडीएम रंगेली किशोर प्रधान, रिगु बीडीओ सविन्द्र राई, एसीएफ सुरेश दास, डीई विद्युत अजित प्रधानसहित अन्य अधिकारी, रिनाक वरिष्ठ माध्यमिक स्कूलका प्रधानाचार्य सुरेनकुमार प्रधानसहित अन्य आरीटार, सुदुङलाखा, लोवर सुदुङलाखा, तारपिन, रिनाक बजार स्कूलका प्रमुख, शिक्षक-शिक्षिका, आयोजक स्कूलका प्रधानअध्यापकसहित शिक्षक-शिक्षिका, एसएमसी, विद्यार्थी, आमन्त्रित अतिथिमा प्रेस क्लब सिक्किमका सल्लाहकार भीम रावत, सरकारी ठेकेदार, औद्योगिक एकाइका अधिकारीहरु उपस्थिति रहेका थिए।

कार्यक्रमको शुरु स्कूलको झण्डोत्तोलन, विद्यार्थीको परेड सलामीसहित बन्दना अनि स्वागत गानबाट गरियो। प्रधानअध्यापक आरएम प्रधानले स्वागत मन्तव्यसहित वार्षिक प्रतिवेदन राख्दै स्कूलको प्रगतिशील गतिविधिमाथि प्रकाश पारेपछि विधायक विक्रम प्रधानलाई अभिनन्दन साथै जिल्ला अध्यक्ष शमसेर बोखिम, सुदुङलाखा जिल्ला मधु शर्मासहित ग्राम पञ्चायत अनि अन्यलाई स्कूलले स्मृति चिन्ह साथै ठेकेदार डीबी प्रधान, गति विद्युत कम्पनीलाई प्रंशसा पत्र प्रदान गरियो। मुख्य अतिथिको रुपमा विधायक विक्रम प्रधानले पढ़ाईमा मात्र सीमित नराखेर नानीहरुलाई सशक्त गरिन, सक्षम बनाउन खातिर यस स्कूलले गरेको कामलाई सराहनीय बताउँदै सकारात्मक सोंचले समाज, गाउँको विकास हुने अनि सरकारी स्कूलमा विद्यार्थी संख्या घट्दैछ, यस विषयमा हामी सचेत नागरिक, अभिभावक अनि स्कूल जागरुक हुनपर्ने अपील गरे।

एक मुख्य विषयमा स्कूलले आफ्ना 6 जना वरिष्ठ शिक्षक-शिक्षिका खेम प्रसाद छेत्री, शान्तीराम शर्मा, बीएस झा, टीपी अधिकारी, ममता छेत्री र शशिकला तामङलाई कार्य योगदानप्रति सम्मान जनाइयो। यी सबैले आफ्ना शिक्षण पेशामा 25 वर्ष भन्दा अधिक सेवा प्रदान गरेका छन्। यसका साथै गाइडमा राज्य पुरस्कृत स्कूलका छात्राहरु प्रिया राई, राधिका सुब्बा र प्रेणा सुब्बा अनि राष्ट्रिय किक बक्सिङमा काश्य पदक प्राप्त गरेका छात्र अनुराज सुब्बालाई पनि मेडल प्रदान गरियो। 

कार्यक्रममा एक आकर्षणको रुपमा सांस्कृतिक विभागले सिङ्गी र चौरी नृत्यको प्रदर्शन गरे भने विद्यार्थीहरुले नागा नृत्य, लेप्चा नृत्य, शिक्षालाई महत्व दिइन्दै एक प्रोत्साहित नृत्यपनि प्रस्तुत गरियो, यसका साथै शिक्षिका आशा तामङ, शिक्षक कमल सुब्बा, भोइस अफ् लामपोखरी सिजन-2 का प्रतियोगी अरुणा प्रधानले गायन पेश गरे।

विशिष्ठ अतिथिको रुपमा जिल्ला पञ्चायत अध्यक्ष बोखिमले कार्यक्रमको प्रंशसा गर्दै सिक्किम सरकारले शिक्षालाई महत्व दिएर काम गरेको छ। सिक्किममा शान्ति, सुरक्षा, भयमुक्त अनि अन्याय, अत्याचार छैन, यसको कारण सिक्किम सरकारको काम अनि मुख्यमन्त्री पवन चामलिङको दिघदर्शनले गर्दा भएको अध्यक्ष बोखिमले भने। 

कार्यक्रममा दौड़ प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम अनि शुन्य फोहोर प्रबन्धनमा भाग लिने एसएचजीहरुलाई पारितोषिक, प्रमाण पत्र प्रदान गरियो।

Category:


0 comments

Check This too

loading...

Featured