फ्रिडम फेसेलिटीका खेलाड़ीहरूको ताईक्वाण्डो च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन

sikkimdainik | Wednesday, November 01, 2017 | 0 comments

गान्तोक: सिक्किम अमेच्योर ताईक्वाण्डो एसोसिएशन (साटा) द्वारा गत 29 अक्टोबरको दिन गान्तोकस्थित व्हाइट हलमा आयोजित प्रथम ‘बिगेनर ताईक्वाण्डो स्टेट च्याम्पियनशीप’ मा ताथाङ्चेनस्थित नशामुक्ति केन्द्र ‘फ्रिडम फेसेलिटी’ का खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।  केवल सेतो अनि पहेंलो बेल्टधारी खेलाड़ीहरूको निम्ति आयोजित उक्त च्याम्पियनशीपमा  नशामुक्ति केन्द्रका खेलाड़ीहरूले एक स्वर्णसहित कूल 6 वटा पदक हत्याएर समग्रमा दोस्रो स्थान प्राप्त गर्‍यो भने प्रथम स्थान गान्तोकको एमसीएम दोजाङले प्राप्त गरेको थियो।

प्रशिक्षक निमा शेर्पाको प्रशिक्षणमा रहेका नशामुक्ति केन्द्र ‘फ्रिडम फेसेलिटी’ का जिगी वाङ्चुकले स्वर्ण पदक हत्याए भने नितिश दोर्जा, सरोज राई अनि स्माइल हसदले रजत पदक अनि विक्रम छेत्री र रोशन ढुङ्गेलले काँस्य पदक हत्याए। नशामुक्ति केन्द्रका खेलाड़ीहरूलाई यसरी ताईक्वाण्डो खेलप्रति प्रोत्साहित गराएर सही मार्गमा अग्रसर गराउने प्रयास प्रशिक्षण अनि केन्द्रको वास्तवमै  सराहनीय कार्य मान्नु पर्छ।

यस अतिरिक्त च्याम्पियनशीपमा प्रशिक्षक सुमन तामाङको प्रशिक्षणमा रहेको ग्रिनडेल स्कूल दोजाङका खेलाड़ीहरू देव्यम तामाङ, तरूण राई अनि पवन राईले पनि स्वर्ण पदक हत्याएका थिए।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...