कांग्रेस उम्मेदवार श्रीमती सुमित्र राईले विजयी उम्मेदवार डीआर थापालाई दिइन् बधाई

Unknown | Saturday, April 15, 2017 | 0 comments

गान्तोक, 15 अप्रेलः सिक्किम प्रदेश कांग्रेस कमिटी तथा 28- अप्पर बुर्तुक उप चुनाउकी उम्मेदवार श्रीमती सुमित्र राईले सम्पूर्ण अप्पर बुर्तुकका मतदाताहरुलाई धन्यवाद दिनका साथै विजयी  स्ताधारी एसडीएफ पार्टीका उम्मेदवार  डी0 आर0 थापालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।
श्रीमती सुमित्र राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, चुनाउ एउटा हार-जीतको प्रक्रिया हो। केवल एकजनाले विजयी हासिल गर्छ र कांग्रेस पार्टीले प्रजातन्त्रको धर्म निर्वाह गर्न तथा लोकतन्त्रको मर्यादालाई कायम राख्न चुनाउमा प्रतिद्वान्दिता गरेको थियो।

उनले अप्पर बुर्तुकका मतदाताहरुले चुनाउको समयमा धैर्य र शान्ति बनाई राखेको र सबै पार्टीका उम्मेदवारहरुलाई खुल्ला रूपमा स्वागत गरेर प्रजातन्त्रको मूल्य र मान्यतालाई कदर गरिदिएकोमा धन्यवाद टक्राउँदै निकट भविष्यमा अप्पर बुर्तुकवासीको सम्पूर्ण समस्या समाधान होस् भन्ने कामना व्यक्त गरेकी छन्।

श्रीमती राईले विजयी भएका उम्मेदवारले पक्ष-विपक्षको भेदभाव नगरी जनता र स्थानीय समष्टिको हितमा काम गर्ने आग्रह विज्ञप्ति मार्फत गरेकी छन्।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...