बौद्ध गुरुङ गुम्पामा बौद्ध संस्कार सुधार समितिको रजत जयन्ती कार्यक्रम सम्पन्न

Unknown | Saturday, December 10, 2016 | 0 comments

रिनाक, 10 दिसम्बर: पूर्व जिल्लाको दलपचन्दस्थित बौद्ध गुरुङ गुम्पामा बौद्ध संस्कार सुधार समितिको विशेष तत्परतामा 8 अनि 9 दिसम्बरमा आयोजित समितिको राज्य स्तरीय रजत जयन्ती समारोह-2016 को समापन राज्यका संस्कृति एवं धरोहर मन्त्री जीएम गुरुङको  मुख्य आतिथ्यमा सम्पन्न भयो। 

कार्यक्रमा विशिष्ठ अतिथिको रूपमा क्षेत्र विधायक तथा सिक्किम सरकारका मुख्य सचेतक विक्रम प्रधानसहित सिक्किम राज्य ब्याङ्कका अध्यक्ष केबी चामलिङ, पूर्व जिल्ला अध्यक्ष विमल दवाड़ी, सामाजिक कल्याण आयोगकी अध्यक्षा इन्द्र प्रधान, पूर्व विधायक तथा डीएसीएसका अध्यक्ष पुरणकुमार गुरुङ, सिक्किमका प्रतिष्ठित वरिष्ठ गुरुङ समुदायका व्यक्तित्वहरु, आयोजक समिति, सरकारी अधिकारी, विभिन्न जीपीयूका पञ्चायतगण, स्कूल अनि संघ-संस्थाका प्रतिनिधिसहित समस्त गुरुङ समुदायहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भमा विभिन्न जातिय पोशाकमा अतिथि स्वागत, गुम्पामा छिमी प्रज्ज्वलनसहित सेडा हलमा राखिएको पुरातन सामग्री र फोटो प्रदर्शनीको अतिथिद्वय निरिक्षणपछि समारोह स्थलमा दिप प्रज्ज्वलन, केक कटाईसंगै गुम्पा समितिका प्रमुख संरक्षक एवं अध्यक्ष पुरणकुमार गुरुङले स्वागत मन्तव्यसंगै बौद्ध संस्कार सुधार समिति स्थापनाको 25 वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउन सफल बनेको कुरासंगै गुम्पा निर्माण, सेडा सञ्चालनमा सिक्किम सरकारसहित मुख्यमन्त्री पवन चामलिङद्वारा प्रचूर सहयोग पुगेको जनाएपछि गुरुङ गुम्पाका बौद्ध संस्कृत गुम्पा स्कूलका लामा विद्यार्थीद्वारा स्वागत गान राखियो।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...