फुटबल म्याचमा अब रेफ्रीले भिडियो रिप्ले लिनसक्ने

Unknown | Thursday, December 08, 2016 | 0 comments

नयाँ दिल्ली, 8 दिसम्बरः रेफ्रीले अब फुटबलमा पनि भिडियो रिप्लेका आधारमा आफ्नो निर्णय पुनरावलोक गर्नसक्ने छन्। यसको सुरुवात क्लब विश्वकपबाट हुँदैछ। जापानमा आगामी बिहीवारदेखि फिफा क्लब विश्वकप सुरु हुँदैछ। यो प्रतियोगितामार्फत विश्व फुटबलले भिडियो रिभ्यूको सुविधा पनि पाउनेछ।

मैदानसँगै रहेको मोनिटरबाट भिडियो हेरेर निर्णय परिवर्तन गर्न सकिने सुविधा फुटबलमा पनि सुरु हुन लागेको छ।

‘म्याच चेन्जिङ’ परिस्थितिमा मैदानमा रहेका अफिसियलबाट अनुरोध आएपछि भिडियो असिस्टेन्ट रेफ्रीले रिभ्यू गर्न सक्नेछन्। फिफा टेक्निकल डेभलपमेन्ट अफिसर मार्को भान बास्टेनले भनेका छन्, ‘यो विश्व फुटबलका लागि कोशेढुंगा हुनेछ।’

यस वर्ष यसअघि दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भिडियो रिभ्यूको परिक्षण गरिएको थियो र पहिलो पटक फिफाको आधिकारिक प्रतियोगितामा यसलाई लागू गर्न लागिएको हो।

यद्यपि, यो प्रणाली लागू भए तापनि खेलको अन्तिम निर्णय भने फिल्डको मुख्य रेफ्रीसितै रहनेछ। यद्यपि सिरियस इन्सिडेन्टमा यो प्रणालीले रेफ्रीको गल्ती सुधार्ने मौका पनि दिनेछ।

Category:


0 comments

Check This too

loading...

Featured