फुटबलमा जस्तै अब क्रिकेटमा पनि खेलाड़ीलाई रेड कार्ड देखाइने
नयाँ दिल्ली, 8 दिसम्बरः फुटबल खेलमा खेलाड़ीले मैदानमा गल्ती गरे वा अनुशासन तोड़े, उसलाई रेफ्रीले रेड कार्ड देखाएर मैदानदेखि बाहिर गरिदिएको हामीले देख्दै आएका छौं तर अब यस्तै व्यवस्था क्रिकेटमा पनि लागू हुने भएको छ।
यो व्यवस्था आगामी वर्ष पहिलो क्रिकेटमा पनि रातो कार्ड प्रयोग हुने भएको छ। खेलाडीले गम्भीर अनुशासन उल्लंघन गरेमा अम्पायरले रातो कार्ड दिएर खेलबाट हटाउन सक्नेछन्।
एमसीसी विश्व क्रिकेट कमिटीका सदस्य रिकी पोन्टिङले तल्लो लेभलको क्रिकेटमा परिर्वतनबारे कुराकानी भइरहेको बताए। मीडिया रिपोर्ट अनुसार यो नयाँ नियम एसीसीसीको मुख्य कमिटीले अनुमोदन गरेमा सबै लेभलको क्रिकेटमा 1 अक्टोबर 2017 बाट लागू हुनेछ।
प्रस्ताव अनुसार तीन गल्तीमा खेलाडीले रातो कार्ड पाउन सक्छन्। अम्पायरलाई धम्क्याएमा, अरु खेलाडी, अम्पायर, अफिसियल वा दर्शकमाथि आक्रमण गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइनेछ।
यस कमिटीले रन पेनाल्टी लगायतका अरु नियमबारे समेत छलफल गरिरहेकेा पोन्टिङले बताएका छन्।
Category: sports
0 comments