मेसी संन्यासबाट फर्कने खबरपछि विश्‍व फुटबलमा खुशीको लहर

Unknown | Monday, July 04, 2016 | 0 comments


अर्जेन्टिनाको राष्ट्रिय फुटबल कप्तान तथा ख्यातिप्राप्त फुटबलर लियोनल मेस्सीले अन्ततः फ्यानहरुको निरन्तर आग्रह र दबाबबीच आज संन्यास फिर्ता लिने भएका छन्। मेसीले कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग प्यानल्टीमा पराजित भएपछि सबैलाई अचम्मभित पार्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए। 


अर्जेन्टिनाको पत्रिका ‘ला नेसियन’ को अनलाइन संस्करणमा प्रकाशित खबरअनुसार मेस्सी आगामी नोभेम्बरमा संन्यास फिर्ता लिँदै टीममा फर्कने छन्। 

पत्रिकाले मेसीका नजिक मित्र एवं आफन्तजनहरूसित भएको बातचीतलाई आधार बनाएर 29 वर्षीय बार्सिलोना फुटबल क्लबका प्रमुख खेलाड़ी मेसी नोभेम्बरबाट पुनः राष्ट्रिय टीममा फर्कने दावी गरेको हो। पत्रिका मेसीले आफ्नो संन्यासको निर्णय फिर्ता लिने विचार गरिसकेको दावी गरेको छ।
गत हप्ता अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए, जुन पेनाल्टीमा मेसीले गोल गर्ने अवसर गुमाएका थिए।

मेसीको उक्त संन्यास फिर्ता लिन उनीसित अर्जेन्टिनाका राष्ट्रपति, लिजेण्ड डिएगो म्याराडोनादेखि लिएर समर्थकहरुले आग्रह गर्दै आएका थिए भने उनलाई संन्यासबाट फिर्ता गराउने अजेन्टिनामा व्यापक रूपमा हस्ताक्षर संकलन तथा र्‍यालीहरू जस्ता कार्यक्रम जारी छ।

मेसीको संन्यासको खबरपछि जसरी विश्‍व फुटबललाई एक प्रकारको धक्का लागेको थियो, त्यसरी नै  उनको संन्यास फिर्ताको समाचार प्रकाशमा आएपछि खुशीको लहर छाएको छ। विश्‍वमा मात्र नभएर भारतमा पनि यस निर्णयले खुशी ल्याएको छ। 

उल्लेख्य, मेसीको संन्यासलाई लिएर भारतीय फुटबल टीमका पूर्व कप्तान भाइचुङ भोटियाले आफ्नो प्रतिक्रिया दिँदा संन्यास फिर्ता लिनुपर्ने मन्तव्य गरेका थिए।

Category:


0 comments

Check This too

loading...

Featured