भूतपूर्व विधायक जेके भण्डारीको निधनमा एसडीएफ पार्टीद्वारा शोक व्यक्त
गान्तोक, 5 जुलाईः बाइपास स्थित एसडीएफ पार्टीको मुख्यालयमा आज भूतपूर्व विधायक तथा वर्तमान एसडीएफ पार्टीको महासचिव (संगठन) श्री जेके भण्डारीको निधनमा शोक सभा आयोजित गरियो।
एसडीएफ पार्टी अध्यक्ष तथा राज्यका मुख्यमन्त्री श्री पवन चामलिङलगायत पार्टीका अन्य वरिष्ठ सदस्य एवं गण्यमान्यहरूको उपस्थितिबीच स्वर्गीय भण्डारीको आत्माको चिर शान्तिको निम्ति मौन धारण गरियो।
शोक सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले स्वर्गीय भण्डारीको आकस्मिक निधनले एसडीएफ पार्टीलाई मात्र नभएर सिक्किमे समाजलाई नै ठुलो नोक्सान भएको बताए। मुख्यमन्त्री पवन चामलिङले जेके भण्डारीको मृत्यु सिक्किम र सिक्किमे जनताको निम्ति ठुलो नोक्सान हो भन्दै सिक्किमले एक होनहार राजनीतिज्ञ गुमाएको बताएउनु भयो। उनको मृत्युप्रति गहिरो शोक प्रकट गर्दै मुख्यमन्त्रीले शोकाकुल परिवारलाई यो दुःखको घडीमा ईश्वरले सहन गर्ने शक्ति प्रदान गरून भनि कामना व्यक्त गरे।

श्री भण्डारीको नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो।
0 comments