देशको गौरवमय संस्कृति र सभ्यताको प्रचारले भारत विश्वगुरू बन्नेछ-सतपाल महाराज

Unknown | Friday, July 29, 2016 | 0 comments

नयाँ दिल्ली, 29 जुलाई। ब्रिटेनमा आजदेखि आयोजन भइरहेको तीनदिवसीय सांस्कृतिक महोत्सवमा सहभागिता जनाउन पूर्व केन्द्रीय मन्त्री तथा भाजपा राष्ट्रीय कार्यकारिणी सदस्य सतपाल महाराज ब्रिटेन पुगेका छन्। राष्ट्रीय स्वंयसेवक संघका प्रमुख तथा सरसंघ चालक मोहन भागवतको विशेष निमन्त्रणामा ब्रिटेन पुगेका सतपाल महाराजले सांस्कृतिक महोत्सव मार्फत ब्रिटेन लगायत युरोपका मानिसहरूले भारतीय सभ्यता साथै संस्कृतिलाई धेरै नजिकबाट बुझ्ने अवसर पाउनका साथै भारतको भव्य इतिहास बारे पनि अवगत हुन पाउने बताएका छन्।

योगलाई अर्न्तराष्ट्रीय मान्यता प्राप्त भएदेखि विश्व मानवमा भारतलाई जान्ने र बुझ्ने उत्कण्ठा जागृत भएको बताउँदै पूर्व केन्द्रीय मन्त्री तथा भाजपा राष्ट्रीय कार्यकारिणी सदस्य सतपाल महाराजले यसप्रकारको सांस्कृतिक महोत्सवको आयोजनहरूद्वारा अवश्य पनि विश्व मानवले भारतको संस्कृति र सभ्यतालाई धेरै नजिकबाट जान्न र आत्मसात गर्नसक्ने बताए।

जब विश्वका धेरैभन्दा धेरै मानवहरूले भारतको गौरवमय इतिहास, संस्कृति र सभ्यतालाई बुझ्नेछ तब अवश्य भारत विश्वगुरू बनिने छ भनी पूर्व केन्द्रीय मन्त्री तथा भाजपा राष्ट्रीय कार्यकारिणी सदस्य सतपाल महाराजले थप बताएका छन्।

राष्ट्रीय स्वंयसेवक संघद्वारा आयोजित यो तीनिवसीय सांस्कृतिक महोत्सव आगामी 31 जुलाईको दिन समापन हुनेछ।

Category:


0 comments

Check This too

loading...

Featured