सिक्किमका मुद्दाहरू संसदमा उठोस भनी प्रार्थना गर्ने कांग्रेसको आह्वान

Unknown | Friday, July 22, 2016 | 0 comments

गान्तोक। सिक्किम प्रदेश कांग्रेसको एक टोलीले भारतीय रािष्ट्रय कांग्रेस उपाध्यक्ष राहुल गान्धीको निर्देश मुताविक महाराष्ट्रका सांसद ज्योतिरादित्य माधवराव सिन्ध्यासित शब्दरजङ मार्गस्थित उनको निवास स्थानमा भेटेको जानकारी महासचिव तारा श्रेष्ठले प्रेस विज्ञप्तिमा दिएका छन्‌। दिल्ली भ्रमणमा रहेका टोली मध्ये चारजना सिक्किम फर्केर आएका छन्‌भने प्रदेश अध्यक्ष भरत बस्नेत र उपाध्यक्ष एस.बी गुरुङ केही दिनसम्म दिल्लीमा रहने बताइएको छ। गत 18 जुलाईदेखि सम्पन्न भएको वर्षाकालिन संसद सत्रमा सिक्किमका मुद्दाहरू उठान गराउन सिक्किम प्रदेश कांग्रेस प्रयासरत रहेको बताउँदै उक्त मुद्दाहरू संसदमा उठान हुन सकेको खण्डमा आजसम्म अन्यायमा परेका सिक्किमेले न्याय पाउने प्रेस विज्ञप्तिमा बताइएको छ।
 
न्याय र प्रजातन्त्रप्रेमी जनतालाई सिक्किम प्रदेश कांग्रेसले सिक्किमेली साझा हितको निम्ति एकजुट भएर संघर्ष गर्ने तथा संवैधानिक एवं राजनैतिक अधिकारको निम्ति लड़ने पार्टी र नेताहरुको हौसला बढ़ाउने काम गरौं भनी अनुरोध पनि गरेका छन्‌। यसपल्ट सिक्किमका दीर्घकालिन मुद्दाहरू संसदमा उठोस भनी प्रार्थना गरौं भन्ने आह्‌वान पनि गरिएको छ। सिक्किम प्रदेश कांग्रेसले आफ्नो राजनैतिक स्वार्थलाई पर राखेर सिक्किम र सिक्किमेली हितको निम्ति बारम्बर राष्ट्रिय नेतृत्वहरुमाथि चाप दिइरहेको दाबी गरिएको छ। सिक्किमे मूलका तीनै रैथानेलाई दिएको राजनैतिक सुरक्षाको विशेषताबारे प्रदेश कांग्रेसले अवगत गराउँदै लिम्बू-तामाङ अनूसूचित जनजाति लगायत बहुसंख्यक सिक्किम सब्जेक्टधारक र उनिहरुका सन्तानको राजनैतिक अधिकारको सुरक्षाको ग्यारन्टी सुनिश्चित गरिनु पर्ने मुद्दामा चाप दिएको बताइएको छ।
 
सिक्किम प्रदेश कांग्रेसका वर्तमान निष्कलंक अध्यक्ष र उनको टोलीले आफ्नो राजनैतिक अधिकारबाट वञ्चित सिक्किमेली समुदायलाई संवैधानिक सुरक्षा दिलाउन हर सम्भव प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ। बिगत लामो समयदेखि सिक्किमका लिम्बू-तामाङ अनुसूचित जनजातिलाई वर्तमान एसडीएफ पार्टीको सरकारले ढाट्‌दै आश्वासन मात्र दिएर आफ्नो सत्ता बचाइ राख्ने षड्यन्त्र गरेको पोल खोलिने तय भएको प्रदेश कांग्रेसले दाबी गरेको छ। 

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...