शान्तिराम नेपालले शुरू गरे सिक्किमदेखि नयाँ दिल्लीसम्मको 15 सय किलोमीटर लामो दौड़
गान्तोक, 23 जुलाई। ‘जैविक सिक्किम, स्वच्छ भारत अभियान अनि बेटी बचाओ, बेटी पढाओ’ आदि महत्त्वपूर्ण संदेशका साथ लिम्बा बुक अफ् वर्ल्ड रिकर्डधारी पूर्व सिक्किको सादोङ निवासी शान्तिराम नेपालले आजबाट लामो दूरीको दौड आरम्भ गरेका छन्।
श्री नेपालले आज बिहान 10.30 बजे राजभवनबाट सिक्किमदेखि नयाँ दिल्लीसममको दौड आरम्भ गरे। लगभग 15 सय किलोमिटर लामो यस दौडलाई राज्यपाल श्रीनिवास पटेल अनि श्रीमती पाटिलले झण्डा हाल्लाएर प्रस्थान गरे। नयाँ दिल्लीसम्मको उनको यस 15 सय किलोमिटर लामो दौड पूरा भए विभिन्न कीर्तिमान तोड्नका साथै नयाँ कीर्तिमान पनि स्थापित हुनेछन्।

0 comments